साझा नेटवर्क
कृष्ण बिसी, गुल्मी जेठ ९ ।
स्थानिय तहको निर्वाचनको घोषणा भएसगैं बिमला खत्रीलाई कहिले नेपाल फिरौ भन्ने लाग्यो । लामो समयको राजनिती र शिक्षण पेशा छोडेर बैदेशिक रोजगारीको शिलशिलामा साईप्रस पुगेकी बिमला चुनाव लडनकै लागि भनेर करिब २ महिना अघि नेपाल फर्किईन र अहिले एमालेको तर्फबाट गुल्मीको ईश्मा गाउपालिकाको उपप्रमुखमा उठेकी छन ।
चुनाव जित्नेमा ढुक्क छु, खत्रीले भनिन “महिला पनि नेतृत्वदायि भुमिकामा पुग्न सक्छन भनेर देखाउनु छ”,। त्यसो त खत्रीको साविकको हस्तिचौर गाविसमा लोकप्रिय महिला नेतृको रुपमा चिनिएकी छन। समाज सुधार,महिला हक अधिकार देखि लिएर समाजमा पछाडि पारिएका बर्ग समुदायको उत्थानका लागी काम गर्दै आएकी छन । दोश्रो चरणको चुनावको मिती नजिकिदै गर्दा बिमला अहिले घरदैलोमा ब्यस्त छिन । घरदैलोको शिलशिलामा सबैको साथ सहयोग र सर्मथन पाएकोले चुनाव जित्नेमा ढुक्क भएको खत्रीको भनाई छ ।
२०५४ सालबाट अनेरास्ववीयुबाट एमालेको राजनितीमा सक्रिय खत्रीले करिब ८ बर्ष स्थानिय जनज्योति निम्न माध्यमिक बिद्यालयमा अध्यापन गराईन ।२०६८ सालमा टोल सुधार समिती गठन गरि मदिरा निषेधित क्षेत्र घोषणा गर्न सक्रिय भुमिका पुर्याउनुका साथै अन्यायमा पर्दै आएका महिला र पछाडी पारिएका बर्ग समुदायको उत्थानमा खत्रीको क्रियाशिलता उल्लेखनिय रहेको छ। गाउँपालिकाको उपप्रमुखमा निर्वाचित भए गाउँपालिकालाई नमुना बनाउने र सबै खालका बिभेद अन्त्यका लागी कटिबद्ध रहने खत्रीले बताईन।
खत्रीले भनिन ”सडक खानेपानी,अधिकारमा सबैको पहुंचु पुर्याउने छु ”। नेकपा एमाले ईश्मा गाउँपालिकामा लक्ष्मण बिष्ट प्रमुख र बिमला केसीलाई उपप्रमुख बनाएर चुनावमा होमिएको छ ।त्यस क्षेत्रमा एमालेको पकड क्षेत्र मानिएकाले जित निश्चित रहेको त्यहाका नेता कार्यक्रताहरुको भनाई रहेको छ ।बिमला खत्रीको फोटो यसैबिच ईश्मा गाउँपालिका बडा न १ को अध्यक्ष ईन्द्र बहादुर कुवंंर, सदस्यमा टंकराज घिमिरे, माया खत्री, पं्रेम बहादुर खत्री, कल्पना बिश्वकर्मा पनि चुनावी प्रचारप्रसारमा ब्यस्त छन।
बडामा क्रियाशिल र लामो समयदेखी राजनितीमा सक्रिय पात्र चुनावमा उठेका कारण बडामा पनि चुनाव जित्ने अध्यक्षका उम्मेदवार कुवंर बताउछन।वडा न १ को दलित महिला सदस्यमा चुनावमा उठेकी कल्पना बिश्वकर्मा लामो समयदेखी दलित अधिकारकर्मीको रुपमा क्रियाशिल छन । समाजमा हुने गरेका बिभिन्न बिभेदलाई चिर्दै दलित समुदाय र महिला अधिकारकर्मीको रुपमा स्थापित हुदै गरेकी बिश्वकर्मा पनि आफु वडा सदस्यमा निर्वाचित हुनेमा ढुक्क छिन।
पार्टीले स्थान दिएको छ ,चुनाव जितेर समग्र समाज र वडाको बिकासमा लागिपर्छु बिश्वकर्माले भनिन । जेठ ३१ गते निर्वाचनको मिती नजिकिदै गर्दा घरदैलो कार्यक्रमलाई उम्मेदवारले तिब्रता दिएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend