साझा नेटवर्क
गुल्मी, जेठ ८ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत घुम्ती सहयोग कक्ष (गुनासो संकलन) कार्यक्रम गरिएको छ ।
आज रेसुङ्गा नगरपालिका कार्यालय तम्घास गुल्मीको परिसरमा गुनासो डेस्क राखी रेसुङ्गा नगरपालिकाले दिने सेवासम्बन्धमा सेवाग्राहीको गुनासो संकलन गरिएको हो ।
रेसुङ्गा नगरपालिका तम्घास गुल्मीबाट प्रदान गर्ने सेवामा नक्सा पास सम्बन्धी कार्यमा ढिलाई भएको, अफिस समयमा प्राविधिकहरु फिल्डमा जादाँ अफिसमा आउने सेवाग्राहीहरुलाई सेवा लिन समस्या भएको र नगरपालिकाको स्विकृत बजेट अनुसार सम्पन्न भएका योजनाहरुको भुक्तानीमा ढिलाइ भएको लागाएतका गुनासाहरु आएका थिए ।
उक्त गुनासाहरुका बारेमा सम्वन्धित सेवाप्रदायकसंग बसेर समस्या समाधानका उपायबारे छलफल गरिने संस्थाका सह–सचिव विनोद पण्डेयले बताउनुभयो । उक्त कार्यक्रम संस्थाका सह–सचिव विनोद पाण्डेय, र कार्यक्रम सहायक अञ्जना अधिकारीको उपस्थितमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend