साझा नेटवर्क
जीवन पौडेल, बागलुङ जेठ ३।
गत बैशाख ३१ गते ३४ जिल्लामा सम्पन्न स्थानिय निकायको निर्वाचनमा मत गणना कार्य जारी रहेको छ । बागलुङका पनि सम्पुर्ण स्थानिय निकायको मत गणना चली रहेको छ । यसविच ५ वटा वडा रहेको बरेङ गाउँपालीकामा मत गणना कार्य सम्पन्न भएको छ ।
बरेङ गाउँपालिका प्रमुखमा नेकपा एमाले तथा राष्टिय जनमोर्चा को संयुतm प्यानल का उमेदबार कृष्ण प्रसाद शर्माले ३०३४ मत प्राप्त गर्नु भएको छ भने उहाका प्रतिद्धन्दी नेपाली काग्रेस तथा माओबादी केन्द्र को संयुक्त प्यानलवाट अध्यक्ष पदका उमेदबार प्रदिप थापाले २१९५ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुख पदमा राष्ट्रिय जनमोर्चाकी दिलकुमारी पुनले २९६४ नेपाली काङ्ग्रेसकी विष्णु खत्रीले २०७४ मत पाप्त गरेका छन। स्वतन्त्र उम्वेदवार चिनी काला थापा ले १३६ मत प्राप्त मत पाप्त गरेकी छन।
बरेङ गाउँपालीकाका पाँच वटा वडा मध्य राष्ट्रिय जनमोर्चाले वडा नम्बर १ धुल्लुबाँस्कोट र बाटाकाचौरमा प्यानल सहित विजयी भएको छ । राजमोका नरसिंह पुन ११९४ मतका साथ वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
त्यस्तै महिला सदस्य विष्णुमाया मगर्नी १२३५,दलित महिला सदस्य गंगा क्षेत्री सुुनार १२३७ ,खुल्ला सदस्य छत्र बहादुर थापा १२२८ ,राजेन्द्र ढुंगानाले १२२६ मतका साथ बरेङ गाउँपालीका वडा नम्वर १ धुल्लुबास्कोटमा राष्ट्रिय जनमोर्चाको सम्पुर्ण प्यानल नै विजय भएको हो ।
त्यस्तै वडा नम्वर २ हुग्दिशिरमा नेपाली काङ्ग्रेस विजयी भएको छ । राष्ट्रिय जनमोर्चाको तर्फबाट वार्ड अध्यक्षका उम्मेदवार हिरा बहादुर घर्तीले ७१२ मत प्राप्त गर्नुभएको छ भने नेपाली काङ्ग्रेसका गुप्त बहादुर कालाले ८१४ मत प्राप्त गर्दै जम्मा १०२ मत अन्तरले काङ्ग्रेस विजयी भएको हो ।
राष्टिय जनमोर्चाको तर्फबाट महिला सदस्यका उम्वेदवार कली रिजालले ७०१ मत प्राप्त गर्नुभएको छ भने दलीत महिला सदस्य जमुना विटालुले ७०४ मत प्राप्त गर्नुभएको छ भने खुला सदस्य घन बहादुर थापाले ६ सय ८६, मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाली काङ्ग्रेसको तर्फबाट महिला सदस्य मनादेवी खत्रीले ८ सय १२, दलित महिला सदस्य अमृता नेपालीले ७ सय ९७, खुला सदस्य मेख बहादुर छन्तयाल आलेले ८ सय १३ त्यस्तै खुुला सदस्य रन बहादुर क्षेत्री पौडेलले ७ सय ८१ मत प्राप्त गरेका छन ।
त्यस्तै वडा नम्वर ३ वाटाकाचौरमा राष्टिय जनमोर्चाको प्यानल नै विजयी भएको छ । कुल १२ सय ७६ मत खसेकोमा राजमोका वडा अध्यक्ष पुर्ण खनालले ७ सय ६९ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका तुल्सीराम पौडेलले ४ सय ३५ मत पं्राप्त गर्नुभएको छ ।
उता वडा नम्वर ४ सल्यानमा स्तन्त्र उम्वेदवार लील बहादुर खत्रीले २ सय ७५ मत प्राप्त गर्दै स्वतन्त्रका उम्वेदवार विजयी हुनुभएको छ ।
नेपाली काङ्ग्रेसका तर्फबाट महिला सदस्य राजकुमारी खत्रीले २ सय ४० गंगादेवी खत्रीले २ सय ६६ मत प्राप्त गर्दै विजयी बन्नुभएको छ ।
त्यस्तै स्वतन्त्रका खुला सदस्य जन बहादुर खत्रीले १ सय ८९ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्रका खुला सदस्य खड्गबहादुर सार्कीले १ सय ४२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
त्यस्तै वडा नम्वर ५ शुखौरामा नेपाली काङ्ग्रेस विजयी भएको छ । नेपाली काङ्ग्रेसका वडा अध्यक्ष पदका उम्वेदवार अम्वर बहादुर सर्पुजाले २ सय ७७ मत ल्याउनुभएको छ । महिला सदस्य पवित्रा पुनले २ सय ७६, दलीत महिला सदस्य भुमी सर्किनीले २ सय ७६ ,इन्द्र खत्रीले २ सय ७८, कृष्ण बहादुर सुनारले २७६ मत प्राप्त गर्दै काङ्ग्रेसको प्यानल नै विजय भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend