logo
  • शुक्रबार, असोज ९ २०८३

कांग्रेस र एमाले बीच झडप एमालेका तीन कार्यकर्ता गम्भीर घाइते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं जेठ १।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा गएराति कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ। झडपमा एमालेका तीन कार्यकर्ता गम्भीर घाइते भएका छन् ।निर्वाचन परिणाम आफ्नो पक्षमा आइसकेको भन्दै कांग्रेसका कार्यकर्ताले  आक्रमण गरेको एमाले कार्यकर्ता भिमबहादुर थापाले जनाएका छन्।कांग्रेसको वडा अध्यक्षको उम्मेदवार हस्तबहादुर थापा मगरको नेतृत्वको टोलीले गरेको आक्रमणमा परि एमाले कार्यकर्ताहरु ललित थापा मगर, गणेश थापा मगर र राजेन्द्र थापा मगरलाई गम्भीर घाइते भएका छन् । झडपका क्रममा कांग्रेस कार्यकर्ता मिलन भन्ने धनबहादुर मगर पनि घाइते छन् ।घाइतेहरुलाई हिजैराति धादिङ बेसीबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि काठमाडौं ल्याएको  बताए ।

कांग्रेस कार्यकर्ताले खुकुरी,रड, तरबार जस्ता घरेलु हतियार प्रयोग गरी आक्रमण गरेको पीडितले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend