logo
  • शुक्रबार, असोज ९ २०८३

कसरी बिग्रियो गायक ईन्द्र जिसीको घरबार ? यस्तो छ कारण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

देबेन्द्र केसी, नयाँ दिल्लीे ।
त्यसो त गायक ईन्द्र जिसी मल्टिपल प्रतिभाका धनी सेलिब्रेटी गायकको रुपमा चिनिन्छन । उनले दर्जनौ सफल एल्बम मार्फत आफ्नो प्रतिभाको लोहा मनाई सकेका छन । गित संगितको साथमा सम्बन्ध बढाऊन सिपालु जिसीले आफुलाई “पत्नी ब्रत” गायक मान्छन ।
नेपाल कै “सफलतम जोडी” मानिने जिसीको घरबारमा ग्रहण लागेको चर्चा अहिले नेपाली बजारमा चल्न थालेपछि ऊनका फ्यानहरु ससंकित भएका छन । के तपाई पनि सोचमा पर्नुभयो ? भर्खरै रिलिज भएको एल्बम “बैमानीको जालैमा परियो”मा गायक जिसीले कुनै तेस्रोको आगमनले पारिवारिक जिवनमा परेको असर औल्याएका छन ।

गितकार तथा संगितकार धनेन्द्र न्यौपानेको शव्द तथा स्व. आईशा न्यौपानेको लयमा गायक जिसीलाई चर्चित गायिका टिका पुन, धनेन्द्र नयौपाने र माया गुरुङ्गले साथ दिएका छन । “बैमानीको जालैमा परियो, माया भन्दा हुरुक्कै मरियो, यो मायाले पागल बनायो, न त हाँस्ने बनायो नत रुने बनायो यस्तै रैछ अभागी करिम नत निल्नु, थुक्नु बनायो” भन्दै गायकले तेस्रो मान्छेको प्रवेशले आफ्नो घरबार बिग्रेको जिकिर गरेका छन ।

“पारिवारिक भिडियो बनाएका छौ । पारिवारमा एउटाले गरेको गल्तीले पुरै परिवार तहस नहस भएको घटनालाई देखाईएको छ “गायक जिसीले साझा नेटवर्कलाई भने । पाल्पाका कुसल छाँयाकार सन्तोश बस्यालले खिचेको भिडियोको निर्देशन धनेन्द्र न्यौपाने र कोरियोग्राफी सुमन थापाले गरेका छन । महत्वपुर्ण पक्ष यस म्युजिक भिडियोमा लय दिएकी आईशा न्यौपानेको छ महिना अघि असमायिक निधन भएको थियो ।

“यो म्युजिकमा लय दिएर १२ बर्षकै कलिलो उमेरमा यो दुनिया छोडेकी नानुले आफैले संगित गरेको म्युजिक सुन्न पाईनन तर दुनियालाई आफ्नो प्रतिभा छोडेर गईन “पत्रकार तथा म्युजिक भिडियोका हिस्सा सन्तोष बस्यालले भने । पत्रकार देबेन्द्र केसी, बबिता पन्थी र कमल बस्यालको अभिनय रहेको ऐल्वममा सुमन थापा र देवी थापाको नृत्य रहेको छ ।

“स्व. नानुको प्रतिभालाई एक पटक सबैले हेरिदिनुहोला उनी हामी बिच नभएपनि उनको लय सबैको मनमा बसोस यहि नै नानु पर्ति सच्चा सर्दासुमन हुनेछ” गायिका टिका पुनले भनिन । टि टाईम म्युजिकले बजारमा ल्याएको ऐल्बम लाई बिषेश रेकर्डिङ्ग स्टुडियोमा स्वर रेकर्ड गरिएको थियो । यो ऐल्बम सँग समन्धित अझ बिषेश कुरा यो ऐल्बमका फाउण्डर तथा गायक धनेन्द्र न्यौपाने मृगौला पिडित तथा स्व. आईशा न्यौपानेको पिता हुनुन्छ ।

एक त मृगौलाको गम्भिर पिडित त्यसैमाथी एकमात्र सन्तान छोरीको असमायिक निधनको बज्रपात, तर पनि जाने बेलामा छोरीले छोडेको अधुरो सपनालाई जगत सामु ल्याउन एउटा बाबुले गरेको अथक परिश्रमको निसानी हो यो एल्बम । नियतिको कठोर बज्रपातको सिकार यो बाबुलाई स्यालुट हाम्रो पनि । नआत्तिनुस तपाईको यात्रा उज्जवल छ ।

गीतको भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend