साझा नेटवर्क
नरेश केसी, भैरहवा बैशाख ३१ ।
रुपन्देही सदरमुकाम भैरहवा स्थित सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ एमालेमय बन्दै गएको छ । नगरका १३ वटा वडा मध्ये सबैभन्दा महत्वपुर्ण वाडको रुपमा स्थापीत १२ नम्बर वार्डमा अहिले एमालेको चर्चा परिचर्चा तिब्ररुपमा भइरहेको छ । उक्त वडामा आइतबार वडा कमिटीको बैठक समेत सम्पन्न भएको छ।
वडा अध्यक्ष गेम बहादुर विकको सभापतित्वमा सम्पन्न बैठकमा प्रमुख अतिथी प्रेम कुमार सेन्चुरीले नेता कार्यकर्तालाई निर्देशन दिदै आसन्न स्थानिय निर्वाचनमा एमालेको विजयीकोलागी सबै किसीमको कार्यक्रम अगाडी बढाउन निर्देशन दिए । जिल्लाकमिटी सदस्य समेत रहेका सेन्चुरीले वडामा एमालेको लाल झन्डा गाडीने बताए ।
प्रमुख अतिथी सेन्चुरीले भने सिनपा १२ नगरको महत्वपुर्ण वार्ड हो । यो वार्डमा एमालेको जीत निश्चीत छ । तपाईहरु लाग्नुस्, हामी वडामा विजयी हासील गर्दैछौं । बैठकमा एमाले क्षेत्रीय अध्यक्ष तथा वडा अध्यक्षका उमेदवार घनेन्द्र विक्रम पाण्डेले शान्ति र समृद्धिकोलागी एमालेको जित आवश्यक जनाए । पाण्डेले सिनपा १२ एमालेको लाल किल्ला बनाएरै छाड्ने समेत जनाए । शालिकराम पाण्डेको सन्चालनमा सम्पन्न उक्त बैठकमा दुप्रेदु पनेरु, धुब्र लम्साल लगायतले मन्तब्य राखेका थिए ।
यसैबीच आगमी जेठ २ गतेदेखी वडामा घरदैलो अभियान समेत गर्नेगरी तयारी थालेको छ । यसैबीच चुनाब नजिकीदै जादा सिद्धार्थनगरमा एमालको अभियानले तिब्रता पाएको छ । शनिबार हजारौं कार्यकर्ताबीच नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको एमालेले सोमबार दिउंसो १ बजे पुनः भैरहवामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेल लगायत केन्द्रिय नेताहरुले आसन्न स्थानिय निर्वाचनको तयारीको सम्बन्धमा निर्देशन दिने बुझिएको छ । पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले विहान १० बजे वडा नम्बर ७ जनकपथमा पार्टिको सम्पर्क वडा कार्यलयको उद्घाटन तथा त्यहां स्थित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको वडा नम्बर ७ का अध्यक्षका उमेदवार हितराज पन्थिले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend