logo
  • शनिबार, साउन ९ २०८३

अर्घाखाँचीमा एमालेको चुनावी प्रचार प्रसार तिव्र


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची वैशाख ३०।
दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचन हुने जिल्ला अन्तर्गत अर्घाखाँचीमा पनि नेकपा एमालेले सबै ग्रामिण भेगका गाउपालिकाहरुमा निर्वाचन केन्द्रित प्रचार प्रचार तथा संगठन विस्तारका कार्यहरुलाई तिव्रता दिन थालेको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले अर्घाखाँचीले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको देखिन्छ शनिबार नेकपा एमाले अर्घाखाँची छत्रदेब गाउपालिका वार्ड नं ८ साबिकको अर्घातोष गाबिस वार्ड नं ३ चिदीपानी बस्तीमा टोल भेला तथा टोल कमिटि गठन गरेको छ ।
पुर्व अंचल कमिटि लक्ष्मण रायमाझीको प्रमुख आतिथ्यता तथा छत्रदेब गाउपालिका संयोजक भविश्वर पाण्डेको विशिष्ट आथिथ्यता ,छ्त्रदेब गाउपालिका एमाले अध्यक्षका उम्मेदवार ऋषि अधिकारि ,छ्त्रदेब गाउपालिका वार्ड नं ८ का वार्ड अध्यक्ष उम्मेदवार नेत्रलाल पाण्डे, ८ नं वार्ड संयोजक कृष्ण फुल्लेल लगाएतका विशिष्ट ब्याक्तिहरुको आतिथ्यता रहेको टोल भेला कार्यक्रममा छबिलाल बस्यालको अध्यक्षतामा१३ सदस्यीय टोल कमिटि गठन भएको छ ।
टोल भेलाकै कार्यक्रममा १०० जना भन्दा बढी स्थानीयहरू विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन पार्टी प्रवेश गरेका स्थानीय कार्यकताहरुलाई ऋषि अधिकारीले टिका लगाई अभिन्नदन गरिएको थियो । भेलामा बोल्दै छ्त्रदेब गाउपालिकाको अध्यक्षमा उठेका उम्मेदवार अधिकारीले सम्पूर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित भएर लाग्न आग्रह समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend