logo
  • शनिबार, साउन ९ २०८३

पिपलधारा चौतारी सम्पर्क समितीको क्यालेन्डर वितरण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

हिम शिखर, गुल्मी वैशाख ३०।
वैदेशिक रोजगारीमा रहेका गुल्मी पिपलधाराका युवाहरुद्वारा संचालित सामाजिक संस्था पिपलधारा चौतारी संम्पर्क समिति विश्व सन्जाल गुल्मीले हरेक वर्ष जस्तै यसपाली पनि नववर्ष २०७४ सालको क्यालेन्डर वितरण सँगै साविक पिपलधारा वाड नं २ सुफल थुमा प्राविमा शिशु कक्षा संचालनको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको थियो भने सोही संस्थाका गल्फ उपसमितिका उपाध्यक्ष सुमन खड्का गम्भीर विरामी परेकोले उहाँको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको थियोे ।
पिपलधारा चौतारी सम्पर्क समिती विश्व संजाल गुल्मीका स्थानीय समिती अध्यक्ष बाबुराम जिसिको अध्यक्षता र साविक पिपलधारा गाविस सचीव हाल धुर्कोट गाउँ पालिका -२ का ईश्वरि भन्डारीको प्रमुख आतिथ्य र नेपाली कांग्रेस गाउँ कमिटी अध्यक्ष हरि थापाको विषेश आतिथ्यमा सम्पन्न उक्त क्यालेन्डर वितरण कार्यक्रममा गणेश माविका प्रअ बाबुराम खनाल, जनकल्याण प्रावीका प्रअ कृष्ण केसि, खड्का छ्त्र प्रावीका प्रअ महेन्द्र केसि, जयनेपाल प्राविका प्रअ तिलक राज खनाल, अतिरिक्त हुलाकका कृष्ण खनाल, संस्थाका पुर्व सल्लाहकारद्वय सुर्य विक्रम गौतम, घन बहादुर खड्का, गल्फ उपसमितिका अध्यक्ष विष्णु विक मलेसिया उपासमितिका कोषाध्यक्ष प्रशान्त खनाल, प्रत्येक वडा स्वयंसेविकाहररु, दलित संजालका जित बहादुर विक, राप्रपा वडा अध्यक्ष टोन बहादुर के सि, माओवादि केन्द्रका ज्ञान् बहादुर विक, हेपो इन्चार्ज प्रेम खनाल, जनजाती संजाल, कृषि संजाल, नागरिक वडा मन्चका प्रतिनिधि लगायत स्थानीय वासिन्दाहरुको उपस्थित रहेको थियो ।
उक्त क्यालेन्डर वितरण तथा राहत एवं सहयोग हस्तान्तरण कार्यक्रमको संचालन स्थानीय समितीका सचिव सुर्य खड्काले गर्नु भएको थियो भने स्वागत मन्तव्य यस समाचारदाता तथा पिपलधारा चौतारी सम्पर्क समिती विश्व संजाल गुल्मी केन्द्रिय समितीका प्रेस तथा संचार संयोजक हिम शिखर रसाइलीले गर्नु भएको थियो ।
विभिन्न राजनितीक दल, सामाजिक अगुवा, बुद्धिजिविहरु लगायतको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रमका वक्ताहरुले संस्थाले विगत देखी गर्दै आइरहेका कार्यको सहराना गर्दै आगामी दिनमा अझ बढी प्रभावकारी ढंगले समाज सेवामा लाग्न प्रोत्साहित गर्दै आ-आफ्नो तर्फबाट संस्थालाई गर्नुपर्ने सहयोगमा तत्परता देखाउने आस्वासन समेत दिएका थिए । साथै विभिन्न विद्यालयलाई प्रअहरुले आ-आफ्ना विद्यालयको प्रगती विवरण र समस्या वारे प्रष्ट विवरण प्रस्तुत गरेका थिए ।

स्मरणरहोस् , विगत चार वर्षदेखि गाविसको चौतर्फी विकास र जनसेवाको लागि अहोरात्र खटिदै आफ्नो परिवारको गास काटेर संकलन गरेको पैसाले विभिन्न जनसेवामुलक कार्य सँगै गाविसवासीहरुको लागि एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend