logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा एमाले उम्मेद्वार माथी ढुंगा प्रहार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासी, बैशाख २९ ।
नवलपरासीको बुलिंगटार गाउपालिकाका नेकपा (एमाले) को तर्फबाट गाउपालिका प्रमुखको उमेदवार बनेका विद्रोही गिरीमाथी सांघेतिक आक्रमणको प्रयास भएको छ । उक्त गाउपालिकाको सिघुवा भन्ने ठाउमा एमालेद्धारा आयोजित चुनाबी सभालाई सम्बोधन गरेर घर फर्किदै गरेकाा गिरी माथी नेपाली कांग्रेसका नारायण पाटा र नेविसंघका सुवास देवकोटाको समुहले ढुंगामुढा गरेका हुन् ।
घटनाबारे जानकारी गराउदैं एमाले नेता गिरीले भने ‘हामीले चुनाबी सभा समापन गरेर फर्किदै थियौं । एक्कासी हामी माथी ढुंगा मुढा भयो । बल्ल तल्ल बाचियो। गिरी अहिले बुलिंगटार प्रहरी चौकीमा छन् । उनको अवस्था सामन्य रहेको चौकीले जनाएको छ । करिब १० हजार मतादाता रहेको बुलिंगटार गाउपालिकामा एमालेको पक्षमा जनलहर उर्लिएपछि अन्य दल हतास हुदैं उमेदवार माथी आक्रमण गरेको बुझिएको छ ।

एमालेले विहीबार सिघुवामा आयोजना गरेको चुनाबी सभामा ५ हजारको हाराहारीमा जनता उपस्थित भएका थिए । सभा स्थल भन्दा २ सय मिटर पूर्वमा गिरी माथी आक्रमण भएको हो । एमालेले आफ्ना उमेदवार माथी भएको आक्रामणको घोर भत्र्सना गर्दै त्यस्तो कार्य तत्काल नरोके प्रतिकारमा उत्रीने चेतावनी समेत दिएको छ । राष्ट्रिय समाचाार समिती (रासस) मा दशकौं देखी कार्यरत गिरी प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य, जिल्लाको अध्यक्ष तथा विभिन्न राष्ट्रिय मिडीयामा आवद्ध थिए ।

नेपाल पर्यटन पत्रकार समाज –नेफेज)का अध्यक्ष समेत रहेका गिरी आसन्न निर्वाचनमा अबको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने भनाइलाई आत्मसाथ गर्दै राजनितीक मोर्चामा होमिएका हुन् । नवलपरासीमा मात्रै नभएर राष्ट्रिय स्तरमा युवा अवस्थामा नै पत्रकारिता मार्फत राम्रो छवि बनाएका गिरीको बुलिंगटारमा उमेदवारीले त्यस क्षेत्रको विकास र समृद्धिमा आशाको दीयो जगाएको छ ।

पुराना र वृद्धा उमेरका व्यक्तिबाट आजित भएका त्यस क्षेत्रका जनताले पढेलेखेको , सचेत र सक्रिय उमेदवारले निर्वाचन जितेमा आफु र आफ्नो क्षेत्रको भविष्य सुन्दर हुने भन्दै गिरीको पक्षमा लागेपछि त्यस क्षेत्रमा गिरीलाइ हतोत्साहि गर्न कांग्रेसका केन्द्रिय नेताहरु नै लागीपरेका छन् । गिरीको प्रतिसपर्धिको रुपमा कांग्रेसका तर्फबाट उमेदवार बनेका शसीकिरण बास्ताकोटी सहित ४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend