logo
  • शुक्रबार, असोज ९ २०८३

गायक केसीको “रेसुङ्गाको भिरमा टुनी छ” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी वैशाख २७ ।
गितकार सन्तोष केसीको नयाँ लोक गित सार्वजनिक भएको छ । गुल्मी जिल्लाको ऐतिहासिक धार्मिक स्थालको नाम संग जोडेर ‘रेसुङ्गाको भिरमा टुनी छ’ नयाँ गित सार्वजनिक गरेका छन् । मायाँ प्रेमको कथा बस्तुमा तयार लोकगितमा जिवनमा घटेका घटनालाई कथाबस्तुमा उतारिएको छ । गायक केसीले आफनो गृह जिल्लामा रहेको जिल्लाकै ऐतिहासिक धार्मिक स्थललाई थप प्रचारमा पनि ल्याउने मुख्य उदेश्यले उक्त गित बजारमा ल्याएको बताएका छन् । केहि वर्ष पहिले धार्मिक स्थाल रेसुङ्गाको नाम जोडेर गायक केसिको गित निकै चर्चा कमाएको थियो । लोक तथा दोहोरी बिधा सगै आधुनिक बिधा,भजन कृतनका गितहरु बजारमा ल्याएर चर्चामा रहेका केसिका गित धेरै कर्णप्रिय रहेका छन् ।बजारमा कमै गित ल्याउने तर निकै मार्मिक तथा दर्सक श्रोता माझ सर्बप्रिय गितहरु ल्याउने गरेका छन् । मायाँ प्रेममा घटेका घटनाहरुलाई चित्रण गर्दै उनले उक्त गित ल्याएको बताए । प्रम सम्बन्ध गहिरिएपछी उनकै हुन नपाउदा भाग्यलाई दिएको दोषलाई गितमा मुख्य कथा रहेको गितकार एबं गायक केसीले बताए ।

गित सार्वजनिक भएको झण्डै २४ घण्टा नबित्दै धेरै दर्सक श्रोताबाट गितप्रतिको मायाँ सहितको प्रतिक्रिया पाएको उनले बताए ।हालै बजारमा आएको ‘रेसुङ्गाको भिरमा टुनी छ’ एल्बम गित पनि धेरै दर्सक श्रोताले मन पराउने गायक केसीले बताए । गायक सन्तोष र मुनाको सुमधुर स्वर रहेको गितमा गायक केसीकै आफनै लय शब्द रहेको छ ।

एस एस डिजिटल प्रालिले बजारमा ल्याएको उक्त गितमा अञ्जु निरौला र रमेश केसीको अभिनय रहेको छ । गायक केसीका धेरै गितहरु रेकर्ड भएका छन् भने बिस्तारै बजारमा आउने तयारीमा रहेको बताए ।

 

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend