logo
  • शनिबार, असोज १० २०८३

अज्ञात समुहद्वारा जेसिवीमा आगलागी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी बैशाख २६।
अज्ञात समुहले कालिका प्यासेफिक जेभीको एउटा जेसिवीमा आगो लगाएका छन् । इस्मा  गाउँपालिका २ को रातचौरमा राति एक बजे आगो लगाइएको प्रहरीले जनाएको छ। २०५ नम्बरको जेसिवीले छल्दी– पनाहा–इन्द्रेगौडा सडकखण्डमा काम गरिरहेको ठेकेदार भरत कटुवालले बताए ।जेसिवी पुरै जलेर नष्ट भएको उनले बताए।आफुले जलेपछि मात्र थाहा पाएकाले कसले किन लगाएको भन्नेबारे जानकारी नभएको प्रतिक्रिया कटुवालले दिए ।

‘कसैसँग  रिसिवी थिएन, उनले भने,’ अचानक घटना घट्यो ।’ काम समयमै सक्ने गरि काम भैरहेको बेलामा उपकरणनै जलेपछि समस्या भएको प्रतिक्रिया दिए ।त्यो सडक खण्डमा मात्र दुई वटा जेसिवी रहेको उनले बताए । ‘अर्को जेसिवी ५० मिटरको फरकमा थिए,’ उनले भने,‘सधै संगै हुन्थे, संगै भएको भए त्यो पनि जल्थ्यो ।

’ पछिल्लो समय कालिका प्यासेफिक जेभीका एउटा जसिवी र तीन वटा कोवेलका स्काभेटर रहेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले घटना घटाउनेहरुको खोजी कार्य जारी रहेको बताए। ठेकेदारहरुले धेरै जसो सडकहरुमा जेसिवीहरु बाटोमै राखेर लाप्रबाहि गर्ने गरेको बताए ।

‘अतिकती त आफुले पनि निगरानी र सजकता अपनाउन पर्‍यो,’ उनले भने,‘ समस्या परेपछि मात्र पछुताउने प्रवृति छ।’ घटना स्थल नजिकै रहेको हस्तिचौर प्रहरी चौकीले घटनाको मुचुल्का र अनुसन्धान गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend