logo
  • शनिबार, साउन ३० २०८३

‘बाहुवली २’ को सफलतापछि प्रवासको पारिश्रमिक बढ्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

विश्वभरबाट १ हजार करोड कमाउन सफल भैसकेको चलचित्र ‘बाहुवली २’का नायक हुन् प्रवास । यो चलचित्र रिलिज भएपछि उनको कामको चौतर्फी तारिफ भएको छ । प्रवासले दोहोरो भूमिकाका लागि आफ्नो तौल समेत बढाएका थिए ।

एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रवासले गरेको अभिनय र मिहिनेत तारिफ योग्य पनि छ । यो चलचित्रले बम्पर कमाई गरेपछि साउथका सुपरस्टारले पारिश्रमिक समेत वृद्धि गरेको खबर सार्वजनिक भएको छ ।

यो चलचित्रका लागि उनले २५ करोड पारिश्रमिक लिएका थिए । अब, पारिश्रमिकमा उनले ५ करोड वृद्धि गर्दै ३० करोड माग्न थालेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

चलचित्र ‘बाहुवली २’का लागि प्रवासले २५ करोड, अनुष्का सेट्टी र तमन्ना भाटियाले ५-५ करोड पारिश्रमिक लिएका थिए । चलचित्र बम्पर हिट भएपछि प्रवास अहिले मलेसियामा आराम गर्न पुगेका छन् । उनको अहिले बलिउड नगरीमा समेत डिमाण्ड बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend