logo
  • शुक्रबार, असोज ९ २०८३

कक्षा ४ देखि नै कम्युनिष्ट आन्दोलनमा होमिएकी थिएँ– रसाइली

उपमेयर उम्मेदवार सबिता रसाइली


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, बैशाख २४।
शुक्लागण्डकी नगरपालिकाका लागी नेकपा एमालेका तर्फबाट उपमेयरकी उम्मेद्वार सविता रसाइलीले आफू कक्षा ४ मा पढ्दा देखि नै आफु कम्युनिष्ट आन्दोलनमा होमिएको बताएकी छिन् । वर्गिय समानता हुनुपर्दछ, जातिय विभेदको अन्त्य हुनु पर्दछ र त्यसको लागी कम्युनिष्ट आन्दोलनमा लाग्नुपर्छ भन्ने आफुलाई सानै उमेरका घटेको घटनाले सिकाएको रसाइलीले बताइन् ।

कक्षा ४ मा पढ्दा आफ्नै गैर दलित साथीको हजुरआमाले गरेको जातिय विभेदको पिडाले आफुलाई यहाँ सम्म ल्याएको उनले बताइन् । रसाइलीले जातिय बिभेद मुक्त समाज निर्माणको लागी आफ्नो अभियान अव सुरु हुने बताएकी छन् । उनले मत माग्नको लागी गाउँ गाउँ पुग्दा भन्ने गरेकी छिन्–“मलाई मत दिएर बिजयी गराउनुहोस् म नगरको विकास सँगै जातिय समानताको लडाईमा होमिने छु” उनले दलित समुदायमा भएको समस्यालाई न्यूनीकरण गर्न र उनीहरुलाई शैक्षिक रुपमा विकसित गर्नको लागी आफ्नो नेतृत्व आवश्यक रहेका उनले बताएकी छिन् ।

साथै हरेक वर्गको बास्तविक पिडालाई आफ्नै सम्झेर महशुस गर्न सक्ने रसाइलीले महिला बर्गको उत्थानको लागी जोड दिने प्रतिवद्धता समेत गर्न भ्याइन् उनले प्रसव पिडा सहेर जन्माउने सन्तानलाई आमाले आफ्नो भनेर प्रमाण दिन नपाइने कानुनलाई विस्थापित गरेर नारी अधिकारको पक्षमा वकालत गर्ने नेकपा एमालेको बफादार सिपाही आफु भएकाले महिला वर्गलाई समेत अधिकार सम्पन्न गर्न आफु तल्लिन हुने विस्वास दिलाइन् ।

गाउँ देखी शहर सम्म आफ्नो र नेकपा एमालेको पक्षमा जनलहर पाएको दाबि गर्दै रसाइलीले दलित समुदाय र महिलाहरुलाई अधिकार सम्पन्न गर्नको लागी उप मेयर पदमा आफुलाई बिजयी गराउनको लागी सुर्य चिह्नमा मतदान गर्न विकास प्रेमी र परिवर्तन प्रेमी मतदाताहरुलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend