साझा नेटवर्क
सुशीला कार्कीकाविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्ताव फिर्ता माग !
काठमाडौं, वैशाख २१।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको विरुद्धमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको आठ दलीय मोर्चामा थप तीन दल थपिएका छन् । अब महाअभियोगको विरुद्धमा नेकपा एमालेसहित ११ दल एक ठाउँमा उभिएका छन् ।
एमाले नेतृत्वको विपक्षी मोर्चामा सरकारबाट फिर्ता भएको राप्रपा, विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सामेल भएका छन् । विहीबार बसेको बैठकले बैठकले महाभियोग फिर्ता लिन सरकारलाई जोडदार माग गरेको छ ।
बैठकपछि जारी वक्तव्यमा भनिएको छ– ‘नेपालका सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीकाविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्ताव अनचित हुनुका साथै त्यसले शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिकाको मर्म र लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर प्रहार गरेकोले सो प्रस्ताव तुरुन्त फिर्ता लिई कानूनी शासनको सम्मान गर्न प्रस्तावक राजनीतिक र नेपाल सरकारसँग माग गर्दछौं ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend