साझा नेटवर्क
काठमाडौँ, वैशाख २१।
मकवानपुर जिल्लाको थाहा नगरपालिकामा नेपाली कांग्रेशको तर्फबाट मेयरमा इमान्दार, कर्मठ तथा जुझारु नेत्री पवित्रा महत बिष्टले उम्मेदवारी दिएकी छिन । सधै जनताको कामलाई प्राथमिकता दिने, स्थानिय निकायलाई बलियो बनाउदै नगर बिकासमा साथै सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी नेपाली कंग्रेश्की युवा नेत्री पवित्रा महत बिष्टले थाहा नगरपालिका मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन ।
सर्बाधिक नगरबासीको रोजाइमा परेकी स्पष्ट भिजन लिएर अगाडि बढेकी नेत्री पवित्रा महत बिष्ट स्थानिय तह देखि नेपाली कांग्रेशको केन्द्र सम्म पनि एक स्वच्छ छबि भएकी इमान्दार तथा कर्मठ नेत्रीको रुपमा परिचित छिन ।
आफैमा थाहा नगरपालिका एक एतिहासिक नगरपालिका भएकोले यस क्षेत्रको आर्थिक, सामाजिक, भौतिक, प्रविधि र साँस्कृतिक तथा चेतना स्तरको विकासमा लागि पनि सामाजिक अभियन्ता पवित्रा महत बिष्टको आबस्यकता रहेको र सम्पूर्ण थाहाबासिहरुको माग समेत रहेको कुरा निकट श्रोतले जानकारी गराएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend