logo
  • शुक्रबार, असोज ९ २०८३

प्रवासमा कलम चलाउले पत्रकारलाई तालिम र अवसरको सिर्जना मेरो कार्यकालमा : अध्यक्ष घले


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

संगिता कुँवर, जापान।
नेपाल पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहणसंगै औपचारिक काम शुरु गरेको छ।अप्रिलमहिनामा सम्पन्न तेश्रो अधिवेशनबाट निर्वाचित १३ सदस्यीय नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।

कार्यक्रममा निबर्तमान अध्यक्ष तिलक मल्लले पत्रकार महासंघ जापानलाई साच्चिकै अरु भन्दा फरक बनाउन नयाँ कार्यसमितिको जिम्मेवारी थपिएको बताउदै पत्रकारहरु पनि स्वयम आफु अपडेट हुनुपर्ने बताए।अरुलाई सुसिचित गर्ने पत्रकार अलि फरक भएकोले आफु के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुरामा पनि ख्याल गरिनु पर्ने बताएका छन्।

नवनिर्वचित अध्यक्ष मोहन घलेले पत्रकार महासघंले सबै जापानका पत्रकारलाई समेट्दै,पत्रकार क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने बताए ।घलेले प्रवासमा कलम चलाउन खोज्ने पत्रकारलाई तालिम र अबसरको सिर्जना गर्ने कुरामा जोड दिए।

निर्वाचन समितिका सदस्य पवन वर्षा शाह,निवर्तमान कोषाध्यक्ष श्रवण कुमार छन्त्याल,अनूपराज कडेल्, सदस्य प्रेमिला गौचन,नवनिर्वाचित समितिका उपाध्यक्ष पूर्ण बहादुर चलाउने,सदस्यहरु शान्त पहारी,रबिन्द्र श्रेष्ठ र संगिता कुवंर लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा निबर्तमान कार्यसमितिलाई धन्यवाद सहित नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रम निर्वाचन समितिका अध्यक्ष भूषण घिमिरेको अध्यक्षता निवर्तमान सचिव को स्वागत मन्त्व्य तथा नबनिर्वाचित कार्यसमितिका कोषाध्यक्ष श्रवण कुमार छन्त्याल एवम नव निर्वाचित सचिव ऋतु कुमार दुराको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend