logo
  • शनिबार, असोज १० २०८३

बाग्लुङमा युवा संघ द्वारा मोटरसाइकल ऱ्याली वडिगाडमा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल नेपाली, बाग्लुङ बैशाख १९।
नेकपा एमाले संवद्ध युवा संघ नेपाल वडिगाड  गाउँपालिकाको आयोजनामा चुनाव प्रचार अभियान अन्तर्गत मोटरसाइकल ऱ्याली सम्पन्न भएको छ। वडिगाड २ खर्वाङ वाट सुरु भएको सो मोटरसाईकल ऱ्याली भिमगिठेमा पुगेर समापन भएको थियो ।

ऱ्यालीको क्रममा वडिगाड ५ ग्वालीचौरको न्वार, खार, र वडा नं. ७ को भिमगिठे वजारमा कोण सभा सम्पन्न भएका छन्। न्वारको कोणसभामा एमाले वडिगाडका अध्यक्षका उमेद्वार मेयर सिंह पाईजा, र नेकपा एमाले जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचन ले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम क्षेत्रिय सचिव दिनेश शर्माले संचालन गर्नुभएको थियो । त्यस्तै खारको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपसचिव विष्णु भुसालले सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै भिमगिठेमा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रेम खरेल र उमेद्वार मेहरसिंह पाइजाले सम्बोधन गर्नुभएको थियो । कोणसभाको सम्बोधन गर्दै नेताहरुले वडिगाड  गाउँपालिकामा एमालेको जित सुनिश्चित भएको वताएका थिए। त्यस्तै देशमा विकसित घटनाक्रम भारतको डिजाइनमा भएको र निर्वाचन नगर्ने षड्न्त्र स्वरुप भएको आरोप समेत लगाएका थिए।

कार्यक्रम युवा संघ वडिगाड गाउँ कमिटिका अध्यक्ष बुद्ध थापाको अध्यक्षता तथा निर्वाचन आर्थिक परिचालन समितिका संयोजक कृष्ण भट्टराई को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend