logo
  • शुक्रबार, असोज ९ २०८३

बडिगाड गाउपालिकाको कुमाल समुदायमा चुनावी चहलपहल बढ्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

विमल नेपाली, बाग्लुङ बैशाख १८।
नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचनले जिल्लाभर त चहलपहल ल्याए बडिगाड गाउपालिका वडा नम्बर २ को दनियामा रहेको कुमाल समुदायमा चुनावी सरगर्मी बढ्ेको छ । कुमाल समुदाय आदिवासी जनजातिअन्तर्गत आर्थिक रुपमा विपन्न समुदायका रुपमा रहिआएका छन । यहाँको कुमाल वस्ती शिक्षा, स्वास्थ्य, सडक, खानेपानी जस्ता आधारभूत सुविधाबाट समेत वञ्चित छन ।

राज्यको प्रशासनिक निकायमा कमजोर सहभागिता रहेको कुमाल समुदाय कला संस्कृतिका दृष्टिमा भने धनी जातिका रुपमा लिइन्छ । सधै आफ्नै घरधन्दा तथा ज्याला मजदुरी गर्दै परिवारको लागि घरखर्च जुटाउन बाह्रै महिना मजदुरी गर्ने कुमाल समुदायमा पनि चुनावको चहलपहल वढेको देखिन्छ । वस्तिका घरघरमा राजनैतिक दलहरुका झण्डाहरु फहराइएका छन् ।

सामान्यतया राजनैतीक दलहरुको खासै महत्वमा नपर्ने सो वस्तिमा हाल भने निरन्तर वैठक भेला आयोजना हुन थालेका छन्। विभिन्न समितिहरु गठन भएका छन्। मतदाता शिक्षाको लागी सामाजिक कार्यकतापनि टोलमा पुगेका छन्। कुमाल समुदायमा पसी विभिन्न राजनैतिक दलका कार्यकर्ताहरुले भोट आफनो पार्टीलाई दिन आग्रह गर्दै विभिन्न लोभ लालच देखाउने गरेको स्थानीय कृष्णकुमारी रानाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला के थियो भन्दा, गाउघरमा चुनाव नआउदासम्म कसैले पनि को कस्तो छ कसको घरमा के छ, कसलाई के पर्यो, कसलाई के सहयोग गर्नुपर्छ भन्ने भावना थिएन, अहिले आएन चुनावको चहलपहलमा के छ भन्दाखेरी म यस्तो उम्मेदवारमा उठेको छु, त म साथी बनम, हामी मित्रता गर्नुपर्छ मलाई यसरी भोट हाल्नुपर्छ भन्ने गरेका छन ।” उहाँले मतदातालाई आर्थिक प्रलोभन समेत देखाउने गरको र मतदाता शिक्षाका लागि फाटफुटट सामाजिक कार्यकर्ताहरु पनि गाउमा देखा पर्न थालेको बताउनुभयो ।

यस्ता किसिमका चुनावी गतिविधिले स्थानिय मतदातालाई उत्साहित त वनाएको छ नै । आफ्नो समुदायवाट प्रतिनिधि हुन्छन् कि? हुँदैनन् ? भन्नेमा पनि उनिहरु उत्तिकै सचेत भएको देखिन्छ। त्यसैले पनि हो राजनैतिक दलहरुले पनि सोहि समुदायवाट वडा सदस्य पदका उमेद्वारहरु सार्वजनिक गरेका छन्। नेपाली काग्रेसले तुल वहादुर रानाको नाम प्रस्ताव गरेको छ भने एमाले ले गोम वहादुर रानालाई उमेद्वार घोषणा गरेको छ।

उमेद्वारहरुले पनि आफ्नो समुदायको प्रतिनिधित्वलाई प्रभावकारी वनाउने वताएका छन् । एमालेबाट सदस्य पदका उम्मेदवार गोम वहादुर रानाले धेरै पटक चुनाव भएको र विभिन्न पार्टीहरुले मिठो बोली बोल्दै धेरै आश्वासन देखाएको र केही गर्न नसकेको बताउदै अब कुमाल समुदायबाट नै प्रतिनिधि चयन गरेमा यस समुदायका लागि आउने विकासका कार्यक्रम जनता प्रत्यक्ष प्रभावित हुने गरी जनतासामु लैजाने बताउनुभयो ।

रानाले भन्नुभयो, “अब आगामी दिनमा हाम्रो कति कमी कमजोरी छन त्यसलाई सुधार गर्दै पार्टीगत भन्दा पनि यो समुदायको हकहित र यो समुदायको उत्थान गर्ने गरी विकास निमार्णका कार्यहरु गर्नुपर्दछ, हाम्रो कुमाल समुदायको मर्म बाहिर अन्य समुदायबाट आएका उम्म्दवारहरुले बुझ्न सक्दैनन त्यसैले हाम्रो समुदायवाट हामिले जितेपछि हाम्रा समस्या पहिचान गर्न सहज हुन्छ ।” मत प्रभावित पार्न सहज हुने समुदायमा चित्रित यो समुदाय स्थानिय तहको निर्वाचनमा भने थप सजक भएको देखिन्छ।

त्यसैले उनिहरु आफै पनि लोभ लालचमा नपर्न स्थानियहरुलाई आग्रह गरेका छन् । चुनाव नजिकिएसँगे विभिन्न राजनितिक दलहरुले यस समुदायको चोकचोकमा विभिन्न चुनावी कार्यक्रम गर्दै, विभिन्न विकास निमार्णका योजनाहरु बताउदै आफुले गर्न सक्ने भन्दा पनि महत्वकांक्षी योजना बोकेर यस समुदायका मतदातालाई फुरुक्क पार्ने कुराहरु गर्ने गरेको स्थानीय केशव रानाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी के बुझ्न जरुरी छ भने जुन कुमाल समुदाय, यहाँका जनता चेतनास्तरमा एकदमै पछाडी छ । यो चेतनाको स्तरलाई माथि उकास्न हामीले यही समुदायको सही उम्मेदवार छान्नुपर्छ, सही व्यक्तिले मात्रै यस समुदायको भावना यस समुदायको समस्यालाई आगाडी सार्न सक्छ र यस समुदायलाई समस्याबाट बाहिर निकाल्न सक्छ।”

यसरी स्थानिय जनताहरु जसरी जागरुक वन्दै छन् सोहि अनुरुप नेतृत्वको पनि विकास हुन सके स्थानिय तहको सार्थकता थप वढ्न सक्छ। त्यसैले असल उमेद्वार छान्न सवै मतदाता जागरुक बन्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend