साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ ।
गायक केशव भट्टको नयाँ गीत पिपलुको छायाँको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा पछिल्ले समयकी ब्यस्त अनि चर्चित मोडल तथा नायिका केकी अधिकारीको अभिनय रहेको छ । सुदुर पश्चिमको ठेट कला संस्कृतिको महत्वलाई नजिकबाट केलाएको भिडियोमा केकीलाई बिनोद न्यौपाने अभिनयमा साथ दिएका छन् ।

भिडियोले प्रेमील जोडीलाई सम्मान गर्दै उमेर पुगेका युवा युवतीले किशोरावस्थामा देखाउने हाउभाउ मार्फत प्रेम आर्कषण नभई सामिप्यता गाँस्ने एउटा माध्यम पनि हो भन्ने कुरालाई देखाउन खाजेको छ । जसमा पछिल्लो समयका ब्यस्त अनि चर्चित संगीतकार शब्द तथा संगीत रहेको छ ।
भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन् । पछिल्लो समय सांगीतिक यात्रालाई विशेष समय दिएर लागी परेका गायक भट्टको को फूल जस्तै कोमल माया बोलको गीतले यसअघि राम्रो चर्चा बटुलेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend