logo
  • शनिबार, असोज १० २०८३

सुर्योदय टेलिभिजन तेस्रो वर्षमा प्रवेश


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सुवास विश्वकर्मा, पाल्पा बैशाख १७ ।
पाल्पा जिल्लाबाट सञ्चालित सुर्योदय टेलिभिजन तेस्रो वर्षमा प्रवेश गरेको छ ।टेलिभिजनले शनिवार एक समारोहका विचमा तेस्रो वार्षिक उत्सव मनाएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले मोफसलमा रहेका मिडियाहरुले अब पत्रकारीतामा नयाँ आयाम थप्नु पर्ने र स्थानिय स्तरको मिडियालाई राज्यले छुटै निति ल्याउनु पर्ने बताएका छन् ।
टेलिभिजनका कृष्ण तिमिल्सेनाको अध्यक्षता,स्टेशन म्यानेजर सुर्य बस्यालको स्वागत तथा कार्यक्रम प्रस्तोता कमल भट्टराईको संचालनमा भएको कार्यक्रममा बोल्दै प्रेस सेनानी तथा नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष कार्यक्रमका प्रमुख अथिति मेघराज शर्माले स्थानिय सरकारले स्थानिय मिडियालाई प्राथमिकता दिन पर्नेमा अझै दिन नसकेको बताउनु भएको छ ।
सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष तथा नेपाली काङग्रेसका सचिव झपेन्द्र गैरेले स्थनिय स्तरमा रहेको टेलिभिजनलाई राज्यले नविकरण शूल्क ढाड सेक्ने गरि बढाएको र यसलाई खारेज गर्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा बोल्दै गैरेले यदि राज्यले स्थानिय टेलिभिजनको दर्ता तथा नविकरण शुल्क नघटाए सबै स्थानिय टेलिभिजनका सञ्चार कर्मीले सिंह दरबार घेर्न पछि पर्नुहुदैन बताउनुृ भएको हो ।
सो अवसरमा नेकपा मालेका अध्यक्ष धनराज पौड्यल,पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष तथा प्रेस यसनियन पाल्पाका अध्यक्ष भरत शर्मा,गैर सरकारी संस्था पाल्पाका अध्यक्ष भेषराज तिमिल्सेना,टेलिभिजनका सल्लाकार राजेश्वर उदय लगायतले बोलेका थिए । सो अबसरमा पश्चिम पाल्पाका संवादाता भुवन रायमाझिलाई उत्कृष्ट संवादाता नगद सहित सम्मान गरिएको थियो । साथै कविता वाचनमा सहभागि कविहरु,टेलिभिजनका कर्मचारी,अथितिहरु तथा शुभेच्छुकलाई पनि सम्मान गरिएको थियो ।

वर्षिक उत्सव मनाउने क्रममा भएका मा.वि स्तरीय वक्तृत्वकला प्रतियोतितामका न्यु होराईजन मा.वि तानसेनकी पुणिमा भट्टाई प्रथम,बेथल बोडिङ्ग सेकेन्डरी स्कुल तासेनकी अप्सना तरामु द्धितिय र विन्दवन एकेडमि तानसेनकी अस्मिता पाण्डे तृतिय भएकी हुन् । सथै सो अवसरमा भएको लोक नृत्य प्रतियोगीतामा साहारा कलाकेन्द्र सारदा पचभैयाको समुह प्रथम,सिद्धिविनायक एकेडमिका भुमिका थापाको समुह द्धितिय,साईनिङ्ग डान्स स्टार कसेनीकी प्रीङका गाहा तृतिय र सुरज रणपाल प्रथम भएका हुन ।

सो समारोहमा लोक तथा दोहोरी गायक प्रेम लामिछाने,लोक गायक रुपेश कार्की,लोक गायक तथा मोडल राशकोटी मगर,लोक तथा लोक पप गायक दिपेश परियार,लोक गायक विष्णु पाण्डे कोशिश,लोक गायक शिव भट्टाई,हास्या कलाकार सुरज विश्वकर्मा,शंकर घिमिरे लगायतका कलाकारले कार्यक्रममा मनोरञ्जन प्रस्तुत गरेका थिए ।

साथै टेलिभिजबाट प्रसारण हुने हास्या टेलिश्रृङ्गखला सत्यनासका कलाकारबाट तानसेनमा पानीको समस्याले पारेको असरलाई व्याङग्यत्मक नाटक पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend