logo
  • शनिबार, असोज १० २०८३

बाग्लुङ्गको बडिगाढ गापा–२ मा एक व्यक्तिको शव फेला


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे, गुल्मी बैशाख १६।
बाग्लुङ्गको बडिगाढ गाँउपालीका २ हाँडीखोलामा एक ब्यक्तिको मृत अबस्थामा शब फेला परेको छ । बडिगाढ गाँउपालीका २ दगातुम्डाडा निवासी जित बहादुर रानाको छोरा २८ बर्षीय रेम बहादुर रानाको शब हाँडीखोलामा रहेको पुलको मुनी पट्टी भेटिएको प्रहरी चौकी खर्बाङ्गका प्रहरी नायब निरिक्षक भोजराज बानियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार राना हिजोदेखी घरबाट हराएका थिए । उनको शब पुष्पलाल मध्यपहाडी लोकमार्गको राङ्दाीफाँटमा रहेको पक्की पुल नजिकै बाँसको घारीमा भेटिएको उहाँले जानकारी दिनुभयो । बानियाका अनुसार शबको प्रकृतिको मुचुल्का उठाउनको लागि इलाका प्रहरी कार्यालय हरिचौरको टोली आउँदै गरेको छ ।

उहाँले घट्ना माथी थप अनुसन्धान भइरहेको समेत जानकारी दिनुभयो । आज बिहान करिब ५ बजेर ४५ मिनेटको समयमा स्थानीय महिलाहरुले शब देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend