साझा नेटवर्क
बिमल खड्का बुर्तिबाङ, बैशाख १६।
बाग्लु्ङ्गको बडिघाट गाँउपालिको अन्र्तगत पर्ने वडा नम्बर ७ ,८ , ९ र १० का बिभिन्न ठाउँमा मोटर बाटो पुगे सगै खच्चडमा ढुवानी गरिरहेकाहरु मर्कामा परेको छन ।
खच्चड दुवानी गरेर आफनो परिवारको खर्च चलाईरहेको खच्चड व्यबसायिकहरु बडिगाड गाउँपालिकका बिभिन्न ठाउमा मोटरबाटो पुग दुवानीका लागी थप चिन्तीत देखिन थालेका छन साथै काधमा अरुको सामान बोकेर गुजारा चलाईरहेकाहरु पनि मर्कामा परेका छन ।
यस अघि खच्चड व्यबसायिकमा राम्रो आम्दानी गर्दे आएका स्थानिय खच्चड व्यबसायिकहरु अहिले ढुवानी जति गाडीमा लग्न थाले पछि खच्चड खाली नै राख्नुपरेको गुनासो गरेका छन ।
अहिले बडिघाट गाउँपालीकाको वडा नम्बर ७ , भिमगिठे वडा नम्बर ८ , ९ र १० का बिभिन्न ठाउँहरुमा सरकारबाट मोटो रकम वजेट बिनियोजित भए सगै त्यहाँ मोटरबाटो पुगेको छ ।मोटरबाटो पुगेपछि एका तिर स्थानियहरु खुसी त छन तर ढुवानी गरि परिवारको खर्चको गुजारा गरिरहेकाहरुलार्ई थप समस्या परेको छ ।
यस अघि खच्चडले ढुवानी गर्दा प्रतिकिलो ७ देखि ८ रुपैया लिनेगरेको मा अहिले गाडीले प्रतिकिलो २ देखि ३ रुपैया सम्म लिने गरेका छन ।
यस अघि मोटरबाटो नपुग्दा स्थानियहरुले खच्चड तथा ढाडमा दुवानी गरिरहेका थिए तर अहिले बिभिन्न ठाँउमा मोटरबाटो पुगेपछि मानिसलाई बिरामीहुदा तथा आवतजावतमा सहजता भएको छ
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend