logo
  • शनिबार, असोज १० २०८३

नेशनल प्याथ ल्याबले तम्घासमा शाखा बिस्तार गर्दै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल गुल्मी,बैशाख १५।
नेसनल प्याथ ल्याबले गुल्मीको सदरमुकाम तम्घासमा पनि आफ्नो शाखा बिस्तार गर्ने भएको छ ।चौथो शाखा तम्घासमा बैशाख १६ गते उद्घाटन गर्ने तयारी भैरहको संस्थाले जनाएको छ। नेसनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बिशेष प्रकारको ल्याव स्थापना हुनु गुल्मेलीको लागि सुखद कुरा भएको बताए। सामान्य जााच देखि बिशेष प्रकारका जााचहरु अव गुल्मीमै सम्भब हुनेछ।जसका लागि अत्याधुनिक उपकरणहरु तथा दक्ष प्राबिधिक जनशक्तिहरु सहित संस्थाले शाखा स्थापना गरेको उनले बताए।

लगानी र सुविधाका हिसावले यो जिल्लामै सवै भन्दा ठुलो ल्याव हो। संस्थाले एक करोड दश लाखको लागतमा नेसनल प्याथ ल्याब संचालनमा ल्याएको हो।प्रयोगशालामा विभिन्न हर्मोन, क्यान्सर मार्कर,भिटामिन,पिसाब,रगतको कल्चर,पाठेघरको क्यान्सरको जाच तथा अन्य क्यान्सरको जााच र होल बोडी चेकअपको प्याकेज समेत रहेको प्रबन्ध निर्देशक जोशीले बताए।

घरबाटै नमुना संकलनसंस्थाका अध्यक्ष रुक बहादुर कार्कीले परीक्षणका लागि घरबाटै नमुना संकलन गर्न सकिने र बिरामी वा आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सकिने व्यवस्था गरिएको जनाए। सर्वसाधरणलाई सामान्य चेकजााच गर्न पाल्पा बुटवल धाउनुपर्ने समस्यालाई हटाउन तथा गुणस्तरीय ल्याब सेवा प्रदान आफुहरु गुल्मीसम्म आएको बताए।

जसले गर्दा अब नमुना जाँचका लागि बाहिर पठाउदा धेरै समय लाग्ने, बिरामीको उपचार समेत प्रभावित हुने लगायतका समस्या नहुने बताए ।साथै प्रयोगशालामा आर्थिक अवस्था बिपन्न भएका बिरामीहरुको जााच निशुल्क गर्ने व्यावस्था समेत मिलाइएको अध्यक्ष्य कार्कीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी उद्घाटन गर्ने नेसनल प्याथ ल्याबको शाखा कार्यालय बैशाख १६ प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको शाखा प्रमुख होम पल्लीले बताए ।

उनले आगामी दिनमा ग्रामिण क्षेत्रमा जनचेतना जगाउने र विभिन्न स्वास्थ्य सम्बन्धि निशुल्क शिबिरहरु आयोजना संस्थाको उदेश्य रहेको सस्थाका शाखा प्रमुख पल्लीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend