साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी बैशाख १५ ।
मालीका आग्रेजी बोर्डिङ्ग सेकेन्डरी स्कुल मुसीकोट नपा ७ पल्टारले आज आफ्नोबिद्यार्थीहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।नयाँ शैक्षिक सत्रदेखी सुरु गरिएको यो अभियान अन्तर्गत आज पहिलो चरणमा बिद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण गरीएको हो ।
वामी बजारमा रहेको मनकामना मेडिकल हल र बिद्यालयको संयुक्त प्रयासमा बिद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरीएको बिद्यालयका प्रधानध्यापक पुस्तकलाल श्रेष्ठले जानकारी दिनुभयो।बिद्यार्थीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र उनीहरुलाइ सजक बनाउनको लागि यस्तो प्रयास गरीएको उहाँको भनाइ रहेको छ ।
स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएको र स्वास्थ्य बिना पढाइ पनि सम्भब नहुने भएको भन्दै यस्तो गरीएको उहाँको भनाइ रहेको छ।बिद्यार्थीहरुको स्वास्थ्य जाँच मनकामना मेडिकल वामीका एमडी डाक्टर बालकुमार सुब्बाले गर्नुभएको थियो।
आज गरीएको परीक्षण अनुसार एकजना बिद्यार्थीको मुटुमा समस्या देखीएको, केही बिद्यार्थीको कानमा तथा करिब २० जनाको दांतमा समस्या देखीएको हुनाले थप उपचारको लागि सिफारीस गरीएको छ ।
बिद्यार्थीहरुलाइ यस शैक्षिक सत्रबाट मालीका बोर्डिङ्गले प्रत्येक तीन महिनाको अवधीमा स्वास्थ्य परीक्षण गर्ने अभियान सुरु गरीएको हो ।आगमी दिनमा पनि यस्तै बिद्यार्थी मैत्री कामहरु गर्दे जाने बिद्यालयका प्रधानध्यापक श्रेष्ठको भनाइ रहेको छ ।
३ सय ५० भन्दा बढी बिद्यार्थी रहेको बिद्यालयमा आज १ सय ५० जनाको स्वास्थ्य परीक्षण गरीएको र बाँकी बिद्यार्थीहरुको केही दिन पनि परिक्षण गरीने बताइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend