logo
  • शुक्रबार, असोज ९ २०८३

अखिल क्रान्तिकारीद्धारा गुल्मी जिसीअलाई ज्ञापन पत्र बुझायो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी बैशाख १३ ।
विप्लप पक्षको नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जिल्ला समिति गुल्मीले शैक्षिक विभेदहरुलाई अन्त्य गर्नुपर्ने मागसहित जिल्ला शिक्षा कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । आम तत्पिडित, गरिब विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारी भएकोले अहिले शिक्षामा देखा परेका विकृति, विसंगति, अराजक एवम् भ्रष्ट तत्वहरुलाई शिक्षाक्षेत्रबाट निकाल्नुपर्ने बताएको छ ।

संगठनका जिल्ला संयोजक मुक्ति गैरेद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सरकारी विद्यालयमा विभिन्न प्रयोजनमा लिने शुल्क खारेज गर्नुपर्ने, शिक्षा नियमावली अन्र्तगत खोलिएको सम्पूर्ण निजि तथा सामुदायिक विद्यालयहरुमा नागरिक वडापत्र राख्नुपर्ने, अनुमति विना संचालन भएका निजि विद्यालय तुरुन्तै खारेज गर्नुपर्ने लगायतका माग राखिएको छ ।

त्यसैगरि अनाधिकृत ढंगबाट खुलेका छाया विद्यालय तत्काल बन्द गर्ने, शैक्षिक अध्यापन गराउदै आएका भ्रष्ट शिक्षकहरुको छानविन गरी तत्काल कारवाही गर्नुपर्ने, राज्यद्धारा उपलब्ध गराइएको माध्यमिक शिक्षा सम्मको निः शुल्क शिक्षा तुरुन्तै कार्यन्वयन नगर्दै शुल्क लिने विद्यालयहरुको अनुगमन गरि तुरुन्तै कारवाही गर्नुपर्ने, उत्पिडित गरिब, जेहेन्दार, अपाङ्ग, दलित तथा विभिन्न जन आन्दोलन, माअ‍ोवादी जनयुद्ध घाइते परिवार, सहिद तथा बेपत्ता परिवारलाई उपलब्ध गराउदै आएको छात्रवृत्ति तुरुन्तै कार्यान्वयन गर्नुपर्ने ।

त्यस्तै पर्यात्त शैक्षिक वातावरणलाई आवश्यक पर्ने भौतिक संरचना विना संचालन गरिएका निजि विद्यालयको खारेज गर्नुपर्ने लागयतका माग राखेको छ । उसले मागलाई १५ दिनभित्र कार्यन्वयन गर्न समेत शिक्षा कार्यलयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend