साझा नेटवर्क
काठमाडौं, बैशाख १२ ।
अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले भूकम्पबाट क्षतीग्रस्त भएका सत्र बिद्यालय पुनर्निर्माण गरेको जनाएको छ ।
भूकम्प गएको दुई वर्ष पूरा भएको दिन मंगलबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले सोलुखुम्बु जिल्लामा आठ, दोलखामा तीन, नुवाकोटमा एक, सिन्धुपाल्चोकमा तीन र गोरखामा दुई गरी जम्मा सत्र बिद्धालय पुनर्निर्माण गरेको जानकारी दिएका हुन ।
रोटरी अमेरिका, रोटरी अष्ट्रेलिया, रोटरी स्वीजरल्याण्ड, रोटरी नर्बे, रोटरी जर्मनी, रिबिउल्ड एड प्रोग्राम, सोलिडारिटी इन्टरनेशनल अमेरिका, सोलिडारिटी इन्टरनेशनल हङकङ, सोलिडारिटी इन्टरनेशनल जापान र अन्य ब्यक्तिगत दाताको आर्थिक सहयोगमा सत्र बिद्यालय पुनर्निर्माण भएको बताएका हुन ।
त्यसैगरी संस्थाले नुवाकोट, गोरखा र दोलखामा पनि थप एक/एक बिधालय पुनर्निर्माण गर्ने तयारी गरेको जनाएको छ । २०१५ मा नेपालमा गएको बिनासकारी भुकम्पबाट करिब ३५,००० कक्षा कोठा क्षतिग्रस्त भई १० लाख विद्यार्थी बिद्धालय जानबाट बन्चित भएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend