साझा नेटवर्क
सुवास वि.सी पाल्पा, बैशाख १३।
चर्चीत लोक दोहोरी गायक पुष्कल शर्मालाई प्रतिक्षा वि.सीले धोका दिएकी छन् ।गायक पुष्कल शर्मा र प्रतिक्षा वि.सीको स्वरमा रहेको लोकदोहोरी गीतको अडियोमा गायीका प्रतिक्षाले धोका दिएकी हुन्।
विर घर्ती र मान बहादुर चन्द ठकुरीको लोकदोहोरी एल्बम गयौ मलाई धोका दिएर बोलको लोक गीतको भिडियो सार्वजनिक गरिएको छ।यस भिडियोमा लोक दोहोरीका चर्चीत लोक गायक पुष्कल शर्मा र प्रतिक्षा वि.सीको स्वर रहेको छ कमला वि.कको शब्द र विर घर्ती र प्रतिक्षा वि.सीको स्वर रहेको गीतमा मुख्य अभिनय एलिना वि.सी र विष्णु लोहनीको र सायक अभिनयमा रुपेश कार्की र सुमिना ठड्राईले गर्नु भएको छ ।
रुपेश कार्कीको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन भने सुवास वि.सीले गरेका हुन् । पाल्पा जिल्लाको धार्मीक तथा ऐतिहासीक स्थल पाल्पा भैरव मन्दिर र पर्याटकिय स्थान श्रीनगर डााडाको सेरोफेरोमा छायाकंन भएको भिडियोको निर्माण घिताल फिल्मस् प्रा.लीले गरेको हो भने बाग्लुङ कालिका म्युजिक प्रा.लीले अडियो उत्पादन तथा वितरण गरेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend