logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका मुना थापाको जिन्दगी नै फिक्का लागेपछि


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल सरगम, काठमाण्डौ बैशाख ११।
“संगै हुने रहर नभएको हैन तर बाध्यताले हामीलाई एक्ला एक्लै पारेको छ। जब तिम्रो धड्कन धड्किदा मेरो मुटु धड्कीन्छ साहेद हाम्रो माया अपार लागेरै होला”। यस्तै शब्द भावमा अनुबन्धित हिम सम्झौता म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोकदोहोरी गायिका मुना थापा मागर र प्रनिल गुरुङको सुमधुर आवाजमा भिमसेन तामाङ्को मर्मस्पर्सी लोकदोहोरी गीत “फिक्का फिक्का भाको छ” बजारमा आएको छ।
प्रनिल गुरुङको संगीतमा रहेको गीतमा शब्द भिमसेन तामाङ् र लक्ष्मी तामाङ्को रहेको छ भने अभिनय चर्चित मोडल तथा नायिका सारिका केसी र चर्चित मोडल धुर्ब हिमालीको रहेको छ।धेरै पछी फरक रुपमा मोडल धुर्ब हिमालिलाई यस गीतको म्यूजिक भिडियोमा देख्न सकिन्छ ।

एकिन्द्र सारा शंकरको उत्कृष्ट म्यूजिक भिडियो निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् ।बिष्णु शर्माको सम्पादनमा तयार गीतको म्यूजिक भिडियो यो बेला निकै चर्चाको सिखरमा छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend