साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी बैशाख ११ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखराको टोलीले गुल्मीमा वैशाख ११ गते निर्वाचन पूर्व जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल गरेको छ ।
इन्सेक क्षेत्रीय कार्यालय, पोखराका संयोजक शिव खकुरेलको नेतृत्वमा रहेको टोलीले जिल्लाका राजनैतिक दल, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा, निर्वाचन कार्यालय, पत्रकार, मानव अधिकारकर्मी र मतदाताहरूसँग छलफल गरको हो । छलफल कार्यक्रममा क्षेत्रीय संयोजक खकुरेलले स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निश्पक्ष बनाउनका लागि इन्सेकले अनुगमन गरिरहेको बताएका थिए ।
गुल्मीको सदरमुकाममा आयोजित छलफल कार्यक्रममा सहायक प्रजिअ कोशलराज शर्माले जिल्लाका शान्ति सुरक्षाको अवस्थाको बारेमा इन्सेकको टोलीलाई जानकारी दिएका थिए । त्यस्तै उनले जिल्लामा सुरक्षाको हिसावले कुनै चुनौति नभएको बताए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेश बहादुर खत्रीले जिल्लाका स्थानीय तह, मतदाता, मतदान केन्द्र र भएका कामका बारेमा जानकारी गराए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बिप्लव माओवादीको केहि चुनाव बिरोधी क्रियाकलाप बाहेक जिल्लाका शान्ति सुरक्षा राम्रो भएको प्रतिक्रिया दिएका थिए । नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थी, एमाले सचिव सोमनाथ सापकोटा, माओवादी केन्द्रका संयोजक बिर बहादुर कार्की, केन्द्रिय सदस्य बुद्धि जिसी लगायतले जिल्लामा भइरहेका चुनावी सरगर्मीको बारेमा आफ्नो धारणा व्यक्त गरे ।
नागरिक समाजका अध्यक्ष गुणनिधी शर्मा र पत्रकार महासंघ गुलमीका अध्यक्ष नवराज भुसालले दलहरु बिच हुन सक्ने आवेक र बिप्लप माओवादीको क्रियाकलापलाई सुरक्षा निकायले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । भेटघाटमा क्षेत्रिय कार्यालय प्रलेख अधिकृत सुमित्रा भट्राई र इन्सेक प्रतिनिधी टोपलाल अर्यालको सहभागीता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend