साझा नेटवर्क
ध्रुब क्षेत्री गोर्खा,बैसाख १०।
समृद्द नेपाल निर्मार्णको अभियानमा रहेको नयाँसक्ति पाटि नेपालले पालुम्टार नगर कमिटिको आयोजनामा पालुम्टारको ठाटिपोखरि स्थित गडतान्रिक चौतारामा भब्य जना सभा सम्पन्न गरेको छ। पाटीका संयोजक तथा पुर्ब प्रधानमन्त्रि बाबुराम भटराई को प्रमुख अतिथ्या तथा नेताहरु पुर्ब मन्त्रि देबी वोझा,नेता पासाङ्ग सेर्पा,चर्चित नायिका करिस्मा मनाधर लगाएतको बिसेष उपस्थितिमा चलेको जन सभालाई पाटीका नगर प्रमुख अशोक देबकोटाले संचालन गर्नु भएको थियो।
जन सभालाई संभोदन गर्दै पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ। संविधान निर्माण गर्न आफूले ठूलो भूमिका खेलेको स्मरण गर्दै भट्टराईले त्याग गरेर ल्याएको संविधानमा उल्लेख भए अनुसार नै प्रक्रिया पुर्याएर निर्वाचन आयोगमा दल दर्ता गरिएकाले चुनाव चिह्न पनि पाउनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो,आँखा चिह्न प्राप्त गरिछाड्छौँ।
भटराईले निर्वाचनको तयारीमा जुट्न सम्पूर्णलाइ आग्रह गर्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नयाँ शक्तिलाई चुनाव चिह्न दिनबाट रोक लगाएको आरोप लगाए । गोरखाको पालुङटारमा भएको जनसभामा माओबादि केन्द्रका केन्द्रीय सदस्य भुमिनन्द देबकोटा लगाएत नेपालि कांग्रेश र एमाले बाट २३२ जना नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पाटिमा प्रवेश गरेका थिए ।
नयासक्ति पाटि प्रवेश पछि मावोबादी केन्द्रका नेताहरुले मावोबादी पाटिले आफ्नो नीति र सिदान्त छोडेको,मावोको नाममा भएको मकुण्डो मात्र लगाएर जनतालाई उल्लुक बनाउदै खावोबाद मा परिणत भएको ,आफु सम्मिलित ओली सरकार लाई विस्थापन गर्न रास्ट घाती २५ बुदे सम्जौत्ता गर्दै भारतीय गुलामी मार्फत देश लाई भुटानी करण गरेको आरोप लगाए।
,देशमा जनयुद्द कालिन सहिदका रगत र बेप्पताको सपनालाई बलात्कार गर्दै नेका र मण्डलेहरु को नीतिलाई अबलंबन गरेकाले आफुहरु तेस्तो पाटिमा बस्न नसक्ने जनाउदै अबको आबस्यकता आर्थिक क्रान्तिको आधारमा समुन्नत समाजबाद उन्मुख समृद्द नेपाल भएकोले आफुहरु सर्मिड्डी रुपी बिचारको राजनीति गर्ने नयासक्ति पाटिमा लामबद्द भएको बताए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend