साझा नेटवर्क
ध्रुब क्षेत्री,दोहा कतार ।
नयाँ शक्तिका केन्द्रिय सदस्य तथा युवा नेता बि बि खरालले माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाइ काठमाडौंको चुनाबी क्षेत्र नम्बर ६ वा ३न क्षेत्रबाट आफु सङ्ग चुनाब लडेर देखाउन चुनौती दिएका छन।
स्थानीय निर्वाचन को सन्दर्भमा नारायणकाजिले पुर्ब सहकर्मी नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईलाइ स्थानीय चुनाबमा वडाको चुनाब जितेर देखाउन चुनौती दिएका बेला उनले नारायणकाजी श्रेष्ठ लाइ काठमाडौंको क्षेत्र नम्बर ६ वा ३ मा चुनाब लडेर आफुलाई जित्न चुनौती दिएका हुन् ।
लामो समय अर्ध भुमिगत रहेका एकता केन्द्र मसालका पार्टी नेता नारायणकाजी श्रेष्ठ माओवादी शान्ती बार्तामा आएपसी मात्र माओवादीमा प्रबेस गर्दै एकतामा आएका थिए। पाटि एकता प्रक्रियामा नारायणकाजी बाट रुष्ट रहेका तत्कालिन नेताहरु साध्य बहादुर भणडारि र भरत दाहललाइ नारायण काजिले कार्बाही गर्ने धम्की दिदा साध्य बहादुर लगाएतका माओवादी एकतामा नगएका नेताहरुलाइ तत्कालीन अवस्थामा रक्तिम क्रान्ति वा बैध निकटमा रहेका युवा नेता बि बि खराल र महेन्द्र मैनाली ले नै पस्रय दिएका थिए।
काठमाण्डौ को एककार्यक्रम बाट काजिले नयासक्तिलाइ स्थानीय चुनाबमा वडा अध्यक्षमा जित्न दिएको अभिब्यक्ती प्रती रुष्ट हुदै खाराल ले नारायण काजीलाइ आफु संग चुनाब लड्न चुनौती दिएका हुन्। बि बि खराल पुर्ब अयोग्य जनमुक्ति सेनाका प्रमुख सल्लाहकार तथा तत्कालिन माओवादी पार्टीको भात्री संगठन वाइ सि एल मा रहेर काम गरेका युवा नेता हुन् भने हाल नयाँ शक्ती पाटि नेपालका केन्द्रिय सदस्य तथा नयासक्ति कतारक को संयोजक रहेर संगठन बिस्तार तथा समाज सेवामा सधै लागि पर्ने युवा नेता हुन्र।
कतार मा नयसक्ति को आन्गिग बिभाग अन्तरास्टिय नेपालि समाजलाइ ससक्त र समाज सेवाको रुपमा बिस्तार गर्न पनि खराल सफल भएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend