साझा नेटवर्क
प्रेम सुनार गुल्मी, बैशाख ९।
नेपाली कांग्रेसकी नेतृ भगवती काफ्ले भण्डारीले स्थानिय तहको निर्वाचनमा गुल्मीको छत्रकोट गाउापालिका प्रमुखको दावि गरेकी छिन् । आज सदरमुकाम तम्घासमा पत्रकारहरु संग भेटघाट कार्यक्रम गर्दै उनले नेपाली कांग्रेसको तर्फबाटआफुले छत्रकोट गाउापालिका प्रमुखमा उमेदवारी दिने र अत्याधिक मतले विजयी हुने दावि समेत गरेकी हुन् ।
सहकारी संस्थाहरु मर्फत देशभर परिचीत भण्डारी नेपाली कांग्रेस भित्र बौद्धिक सर्कलकी नेत्रीका रुपमा परिचीत छन्।साविकको हर्दिनेटा गाविसका पुराना समाज सेवी टिकाराम काफ्ले र माता मैयाादेवि काफ्लेको कोखबाट २०३३ सालमा जन्मिएकी भगवती काफ्लेको बैबाहिक घर भने हुँगा हो ।
हर्दिनेटाको तत्कालिन मैनडााडा निम्न माध्यमिक विद्यालयबाट २०४६ साल देखि नेवि संघबाट राजनैतिक यात्रा सुरु गरेकी भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य सम्मको तहमा पुगेकी नेतृ हुन्।०५८ सालमा नेपाल महिला संघ गुल्मीको उप सभापति पदमा निर्वाचित भण्डारी २०६४ सालमा नेपाली काग्रेसको जिल्ला अधिवेशनबाट जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित भएकी थिईन् ।
त्यस पछि महासमिति सदस्य सम्म पुगेकी भण्डारी २०७२ सालमा नेपाल महिला संघको केन्द्रिय अधिवेशनमा उपसभापति पदमा छिनो मतले पराजित भएकी थिईन्। राष्ट्रिय सहकारी वोर्डको पश्चिमाञ्चलकी संयोजक रहेकी भण्डारी वालकृष्ण खााड संयोजक रहेको सहकारी विभागकी सदस्य समेत रहेकी छन् । सहकारी संस्था मार्फत देशभर परिचीत भण्डारी आफुलाई बढि मात्रमा महिलाहरुकै मतले विजयी हुने उनको दावि छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend