logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा तरुणदल द्धारा बिजुलीका पोल कब्जा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल गुल्मी,बैशाख ५।
गुल्मीनेपाली काङ्ग्रेस निकट युवाहरुको भातृ संगठन तरुण दल नेपाल हस्तिचौर वडा कमिटीले गाउं पठाउदै गरेको स्टिल पोलहरु कब्जा गरेको छ । नेपालगञ्ज हुादै बुटबलबाट इश्मा दोहोली लैजादै गरेका २ ट्रक पोल उनीहरुको कब्जा गरेका हुन् ।
 पोल इश्मा गाउंपालिका वाड नम्बर १ हस्तिचौरको थुनुवाखोला नजिकै कब्जा गरिएको हो । नजिकिदै गरेको स्थानिय निकायको चुनावलाई लक्षित गर्दै केहि विकास निर्माणका योजनाको लोभ देखाएर नेकपा एमालले भोट माग्ने उदेश्यका साथ लैजादै गरेका पोलहरु बरामत गरिएको तरुण दल क्षेत्र नम्बर ३ का सभापति चुराबहादुर खत्रीले बताउनुभयो ।

आफूहरुले पोल कब्जामा लिएको केहि समयमै नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तोयनाथ सापकोटा, नारायण पैयाानी,लक्षमण विष्ट, लक्षमण पराजुली लगायतको समुह त्यस स्थानमा गई पोल लैजानुपर्छ भनेको तर ती पोलहरुको कुनै वैधानिकता नदेखेर आफूहरुले कतै लैजान नदिएको खत्रीको भनाई छ। ड्राइभरले पनि ती पोलहरु बारे केहि नबताएको र कुनै कागज वा पोलको प्रमाण खुल्ने गरि कुनै कागज नभेटीएकोले शंकास्पद अवस्थामा आफूहरुले कब्जामा लिएको तरुण दलले जनाएको छ । त्यसरी बरामत गरिएका बिजुलीका पोलहरु अब निर्वाचन सम्पन्न नहुादासम्म प्रहरी चौकीमै राख्ने अध्यक्ष खत्रीले बताउनुभयो। कब्जामा लिइएका १ सय ६० पोलहरु अहिले प्रहरी चौकी धनार्जीमा राखिएका छन् ।

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तोयनाथ सापकोटाले तरुण दलले कब्जा गरेका ति पोलहरुसाग पार्टीको कुनै सरोकार नभएको बताउनुभएको छ। उहााले पार्टीको बैठकको निमित्त आफूहरु पनाहाघाटको टिका शेश्मीको घरमा पुगेको र त्यहााबाट फकैदै गर्दा उक्त घटनास्थलमा पुगेको बताउनुभयो । त्यसका साथै उहााले आफूलाई त्यस स्थानमा तरुण दलका ब्यक्तिहरुले आफूमाथि हमलाको प्रयास गरेको समेत बताउनुभयो ।तरुण दलले एमालेमाथि लगाएको आरोपको भने उहााले खण्डन गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरण जिल्ला वितरण केन्द्र गुल्मीका प्रमुख दिपक सामकोटाले पोलहरु वैधानीक भएको भएको बताउनु भएको छ।आर्थिक बर्ष २०७२/७३ मा क्षेत्रिय कार्यलय बुटबलले ठेक्का सम्झौता गरेका पोलहरु भएको बताउनुभयो ।उहााले ठाउाको सर्वे लगायतका कामहरुले पोल ल्याउन ढिलाई भएको बताउनुभयो ।त्यसका सम्बन्धमा स्थानिय बासिन्दाले चाहे ति पोलहरु लैजान सक्ने भन्दै उहाँले पोलहरु कुनै उपभोक्ता समितिका नभएर ठेकेदारका भएको हुनाले उपभोक्ता समतिका कागजातहरु आवश्यक नपर्ने बताउनुभयो ।

अहिले बरामत गरिएका पोलहरु २०७३ वैशाख ७ गते बुटबलमा नेपालगञ्जको कम्पनी वल्र्ड विथ प्राइभेट कम्पनी साग सम्झौता भएको प्राधिकरणले जनाएको छ ।पोलहरु इश्मा गाउपालिकाको दोहोली र दर्लामचौर लैजादै गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend