logo
  • शनिबार, असोज १० २०८३

क्षमता भए जागिर माग्दै एफएम चहार्नु पर्दैन : अध्यक्ष भुसाल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल गुल्मी,बैशाख ४ ।
साइवर वल्र्ड कम्प्युटरको आयोजनामा एक हप्ते पत्रकारिता तथा रेडियो उद्घोषण तालिम सदरमुकाम तम्घासमा शुरु भएको छ। तालिमको नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसालले उद्घाटन गर्नुभएको छ। तालिम उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका भुसालले पत्रकारिता एउटा गहन र प्रतिष्ठित पेसा भएकाले क्षेणिक रहरले सफलता भेट्याउन गाह्रो हुने बताउनुभयो । तालिम जति पटक भएपनि तालिमनै हुने भएकाले सिकेका कुरा व्यावहारमा उर्तान सहभागीलाई आग्रह गर्नुभयो । साथै उहााले आफुसँग क्षमता र सृजनशिलता भए जागिर माग्दै एफ एम रेडियो चर्हानु नपर्ने बताउनुभयो । तालिममा गुल्मी, बाग्लुङ, अर्घाखााखी र प्युठानका गरि दुई दर्जन प्रशिक्षार्थीले भाग लिएका छन् । उद्घाटन कार्यक्रममा प्रमुख अतिथी भुसाल सहित रेडियो रेसुङाका स्टेशन म्यानेजर अनिता खत्री, रेडियो स्काईका कार्यक्रम प्रमुख महेन्द्र भण्डारी, प्राविधिक प्रमुख तुलसिंह रनपछाई लगायतको सहभागीता रहेको थियो । कार्यक्रम आयोजक साइवर वल्र्ड कम्प्युटर सेन्टरका संचालक अशोक गैरेको अध्यक्षता तथा पत्रकार महासंघ गुल्मीका सचिव टोपलाल अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

पहिलो दिन कान्तिपुर पब्लिकेशनका संवादाता घनश्याम गौतम र टोपलाल अर्यालले पत्रकारिता, र समाचारका विविध विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend