logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा एक दिने कार्यपत्र सेमिनार सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल गुल्मी,बैशाख ३।
गुलामीको सिद्ध बाबा मावि तम्घासमा एक दिने कार्यपत्र प्रस्तुत सम्बन्धि एक दिने सेमिनार सम्पन्न भएको छ। रेसुंगा बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह दोस्रो बर्षमा अध्ययन गर्ने बिद्यार्थीहरुको आयोजनामा उक्त गोष्टि सम्पन्न भएको हो। शिक्षा शास्त्र संकाय स्नाकोत्तर तह शिक्षा योजना तथा व्यावस्थापन (Ed.epm599_) समुहले सिद्धबाबा माविमा प्राविधिक व्यावसायीक बिषय संचालन र चुनौतिका बारेमा अध्ययन गरेको थियो। ५० पुर्णाङ्कको लागि सिद्धबाबा माविमा प्राविधिक व्यावसायीक बिषय संचालन र चुनौतिका बारेमा बिद्यार्थी हरिकृष्ण विक र प्रकाश मरासिनीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्र माथी सिद्धबाबा माविका प्रचार्य डोर बिक्रम श्रीस र अगुवा श्रोत केन्द्रका श्रोत व्यक्ति तारा बहादुर राउतले टिप्पणी गर्नुभएको थियो। कार्यक्रम सिद्धबाबा मावि बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षता,सहायक क्याम्पस प्रमुख कमल पाण्डेयको प्रमुख आतिथ्यता तथा हरिकृष्ण विकको संचालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा बिद्यालय व्यावस्थापन समितिका पदाधिकारी,शिक्षक अभिभावक संघका पदाधिकारी लगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend