logo
  • शनिबार, असोज १० २०८३

राईट फर भार्से फलाई फर भार्से कार्यक्रमको तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार,गुल्मी चैत्र २९ ।
नयाँ वर्षको अवसरमा बैशाख १ गते देखि गुल्मीको भार्सेमा सुरु हुन गई रहेको राईट फर भार्से फलाई फर भार्से कार्यक्रमको अन्तिम तयारी पुरा भएको आयोजकले जनाएका छन् ।आयोजक संस्था गुल्मी भार्सेली युवा विश्व सञ्जालका अध्यक्ष किशन थापाले दिएको जानकारी अनुसार भोली विहना देशभरका साईकल यात्रीहरु वुटवलमा जमघट हुने छन् ।

त्यहाँबाट हिडेका साईकल यात्री चैत्र ३० गते साँझ रुरु फ्रेण्डश क्लवले भव्य स्वागत गर्ने छ र त्यस साँझ उसले साईकल यात्रीहरुहरुलाई सबै व्यवस्थापन गर्ने छ । चैत्र ३१ ग्गते विहान त्यहााँट हिडेका साईकल यात्रीहरु जोहाङ्ग खैरेनी हुँदै साँझ भार्से पुग्ने छन् । २५ जना भन्दा बढी साईकल यात्रीहरुलाई स्थानिय परम्परागत लोक सांस्कृति र परिकारले स्वागत गर्ने छन् । अर्को दिन बैशाख १ गते विहान भार्से जन सहयोगग माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहमा साईकलीङ्ग रेस गरिने छ भने माथी मयलडाँडा र देउराली डाँडाबाट प्याराग्लाईडिङ्ग उडाएर त्यस भेगको आकाश रङ्गिन पार्ने छन् ।

त्यस्तै फोक्सीङ्ग हुँदै साईकल यात्रीहरु सेतीवेनी पुगेर स्टेम्वरबाट तल मिर्मी ड्यामको यात्रा गर्ने छन् । तेश्रो दिन विविध सांस्कृतिक कार्यक्रमका विच कार्यक्रमको समापन गरिएको छ । कार्यक्रमलाई राष्ट्रिय स्तर सम्म पुराउनका लागि वुटवल देखि जिल्लाका धेरै पत्रकारहरुलाई ३० गते देखि नै आयोजकले प्रत्यक्ष प्रशारणका लागि अनुरोध गरेका छन् । कार्यक्रममा विश्व साईकल यात्री पुस्कर शाह र विश्वकीर्तिमान कार्यम गर्न सफल सानुवावु सुनुवार आकर्षणको केन्द्र हुनेछन । पहिलो दिन जिल्ला भर र छिमेकी जिल्लावासी समेत सहभागी हुने आयोजकले अपेक्षा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend