साझा नेटवर्क
टोपलाल अर्याल गुल्मी,चैत्र २८।
नेपाल कम्युनिष्ट पार्टी गुल्मीले चुनाव बिरोधी अभियान संचालन गरेको छ। सोहि अभियान अन्तरगत आइतबार अवेर जिल्लाका विभिन्न गाउापालिकाका बोर्ड हटाएको छ।
साथै केहि कार्यालयमा ताला लगाएर झण्डा समेत गाडेको पार्टीका जिल्ला सचिवालय सदस्य खिम खड्काले बताए। बैशाख ३१ गते हुने स्थानीय तहको चुनाव बहिष्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले २४ चैत्र देखि चुनाव बहिष्कार प्रर्चा टाास्न शुरु गरेको थियो ।
मालिका गाउापालिकामा झण्डानेपाल कम्युनिष्ट पार्टी गुल्मीले जिल्लाको मालिका गाउापालिको अर्खबाङ कार्यालयमा झण्डा गाडेको छ । सामाजिक परिचालक कमल नेपालीका अनुसार सो पार्टीका कार्यक्रता एक्कासी आएर कार्यालयमा झण्डा गाडेर पर्चा पम्पेलेट टाासेको बताए ।
मदाने गाउापालिकाको वडा कार्यालयमा ताला
नेपाल कम्युनिष्ट पार्टी गुल्मीको चुनाव बिरोधी अभियान अन्तरगत मदाने गाउापालिकाको वडा कार्यालयमा ताला लगाइएको छ।साथै बोर्ड च्यातेर कार्यालयमा पर्चा टाासिएको स्थानीय बोम बहादुर कुवंरले बताए । साथै इलाका प्रहरी कार्यालय पुर्कोटका प्रहरी नायव निरिक्षक अशोक श्रीवास्तवका अनुसार गाउापालिकाको कार्यालय केहि नभएपनि वडा कार्यालयको बोर्ड फुटालिएको छ । भने कार्यालयमा उनीहरुले ताला लगाएका छन्।
चन्द्रकोट र गुल्मी दरवार गाउापालिका
नेपाल कम्युनिष्ट पार्टी गुल्मीको जिल्ला सचिवालय सदस्य खिम खडकाले दिएको जानकारी अनुसार गुल्मी दरवार गाउापालिका र चन्द्रकोट गाउापालिमा पनि बोर्ड तोडफोड गरेर पर्चा टाासिएको छ ।
उनले आफुहरुको केन्द्रिय अभियान अन्तरगत यो काम गरेका बताए। उनले वैशाख ३१ गते हुने स्थानिय तहको चुनावलाई प्रतिकार गर्दै आफ्नो पार्टीले गाउा गाउामा समानान्तर सरकार गठन गर्ने काम भैरहेको बताए।अहिलेको संसदीय व्यवस्थालाई खारेज गरी मुलुकमा वैज्ञानिक साम्यवादको व्यवस्था लागु गर्नुपर्ने उनले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend