logo
  • शनिबार, असोज १० २०८३

सबल नेपाल छैठौं बर्ष प्रबेश, ज्ञवालीलाई ‘ उत्कृष्ट यूवा पत्रकारिता’पुरस्कार प्रदान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अमृत पाण्डे बुटवल,चैत्र २७ ।
सबल नेपाल साप्ताहिक छैठौं बर्षमा प्रबेश गरेको छ। पत्रिकाले आज एक समारोहका बिचमा पांचौ बार्षिकोत्सव मनाएको हो। सो अबसरमा बोल्ने बक्ताहरुले मोफसलमा रहेका मिडियाहरुले अब पत्रकारितामा नया आयाम थप्नुपर्ने र एजेन्डामा केन्द्रित हुनुपर्ने बताए।पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक अमृत पाण्डेयको अध्यक्षता तथा सम्पादक सन्जु पौडेलको संचालनमा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्सालले नेपालको पत्रकारिताको बिकास समय सापेक्ष भएपनि केहि कमी कमजोरीलाइ सञ्चाएर अघि बढ्नुपर्ने बताए ।

सो अबसरमा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसि, पुर्व अध्यक्षहरु बालकृष्ण चापागाइ,बिनोद पहाडी,डिआर घिमिरे,निर्बतमान अध्यक्ष शेरबहादुर केसी,लेखक तथा प्रा डा बाबुराम ज्ञवाली पत्रकारहरु बिक्रम खड्का,अमृत गिरि,श्याम पोखरेल,प्रकाश डुम्रे,भगवती पाण्डे, ओम पंगेनी, ,शुभेच्छुकहरु दीपक ढकाल,मानबहादुर केसी,बिष्णु पोखरेल, पत्रिकाका सहसम्पादक दीपक न्यौपाने लगायतले बोलेका थिए । सो अबसरमा पत्रिकाका कर्मचारी तथा शुभेच्छुकलाइ पनि मायाको चिनोले सम्मान गरिएको थियो ।

ज्ञवालीलाई ‘सबल नेपाल उत्कृष्ट यूवा पत्रकारिता’पुरस्कार बुटवलका युवा पत्रकार कपिल ज्ञवालीलाइ ‘सबल नेपाल उत्कृष्ट यूवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।उनलाइ सबल नेपाल साप्ताहिकले स्थापना गरेको ५० हजार राशीको अक्षयकोषबाट ५ हजार १ सय १० रुपैंया नगद सहित सम्मानपत्र प्रदान गरिएको हो ।पत्रिकाले पांचौ बार्षिकोत्सवको अबसरमा बुटवलमा शनिबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेको हो ।अब हरेक बर्ष एकजना यूवा पत्रकारले सो पुरस्कार पाउनेछन् ।बुद्ध टेलिभिजनका समाचार संयोजक रहेका उनी नागरिक आवाज अनलाइनका प्रधानसम्पादक हुन् भने अनलाइनखबर डटकमका बुटवल सम्बाददाता हुन् ।

संचारमा मोफसलको राजधानी बुटवलमा रहेर एक दशक भन्दा बढि समयदेखि निरन्तर पत्रकारिताको बिकासमा उल्लेख्य योगदान पुऱ्याएकोमा बार्षिकोत्सव समारोहमा ज्ञवालीलाई सो पुरस्कार प्रदान गरिएको सबल नेपालका प्रधान सम्पादक अमृत पाण्डेयले बताए । उनलाइ नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्साल,पूर्व सभाषद बिनोद पहाडी,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसि,बरिष्ठ पत्रकार तथा राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले पुरस्कार प्रदान गरेका हुन् ।

सो अबसरमा बोल्दै नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्सालले नेपालको पत्रकारिताको बिकास समय सापेक्ष भएपनि केहि कमी कमजोरीलाइ सञ्चाएर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend