साझा नेटवर्क
रोल्पा चोम बिष्ट,रोल्पा चैत्र २७।
रोल्पा जलजला सेवा सामज कतार द्वारा चैत्र २४ गतेका दिन अर्थिक हस्तान्तरण कार्यक्रम रोल्पा उवाको बेसिमा सम्पन्न गरेको हो। जेडि स्मृति युवा कल्ब उवाका अध्यक्ष सिर कुमार रोकाको सभापतित्वमा सम्पन्न भएको कार्याक्रममा रोल्पा जलजला सेवा समाज दोहा कतारका स्थापक अध्यक्ष खड्क घर्तिमगरको प्रमुख अतिथ्यता रहेको थियो।
कार्यक्रममा रोल्पा जलजला सेवा समाज दोहा कतारका पुर्व अध्यक्ष कैलाश घर्तिमगरको विशिष्ट आतिथ्यता रहेको थियो भने अन्य अतिथीहरुमा रोल्पा जलजला सेवा समाज दोहा कतारका पुर्व प्रथम उपाध्यक्ष चन्द्र प्रकाश बुढाथोकी, बिद्यालय ब्यस्थापन समितीका अध्यक्ष पुर्ण बहादुर पुनमगर, इकाला प्रहरी कार्यालय उवाका इन्चार्ज बिश्वराज अधिकारि, नेपाल कमन्युष्टी पाटी उवा गाविसका इन्चार्ज बिश्व जित पुन मगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सदस्य हर्क घर्तीमगर, जेडि स्मृति युवा कल्बका पुर्व अध्यक्ष शुक बहादुर पुनमगर, एसके आमा समूह कोषाध्यक्ष सतपुरा रोका मगर लगाएतको रहनु भएको थियो ।
उत्त कार्यक्रम को संचालन समाजका महासचिव चोम बिष्टले गर्नु भएको थियो । कार्यक्रममा सभापति, प्रमुखअतिथी, बिशेश अतिथी लगाएतले ब्यानेर उद्घाटन गरि ज्ञात अज्ञात शहिद प्रति एक मिनेट मौनधारण समेत गरिएको थियो । सहयोग रकम रु ३० हजार रुपैया सभापति र प्रमुख अतिथीवाट मृतकको छोरा उरास पुन मगरलाइ हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा जेडि स्मृति युवा कल्ब का पुर्व सचिव सुन कुमार पुन मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा चन्द्र प्रकाश बुढाथोकी, पुर्ण बहादुर पुनमगर, कैलाश घर्तिमगर, बिश्वजित पुनमगर, बिश्वराज अधिकारि, हर्क घर्तीमगर लगाएत ले दिएको मन्तव्यको क्रममा २०७३ साल श्रावण ११ गते अविरल वर्षाका कारण गएको पहिरोले घर वगाउदा एकै परिवारका ४ जनाको मृत्यु भएको कुरा दुःखद भएको र पिडित नन्दे पुनमगरलाइ सक्दो सहयोग पुर्याउने उदेश्यले सेवा समाजले थोरै भएपनि रकम हस्तान्तरण गरको र यो रकमले घरपरिवारमा केहि हद सम्म सघाउ पुग्ने उनिहरुले वताएका थिए मन्तव्य कै क्रममा वैदेशिक रोजगारको शिलसिलामा पाइने दुःख, कष्ट र जानु पुर्व सचेत भएर जानु पर्ने साथै केहि रोजगारमुलक सिप सिकेर गए विदेशमा राम्रो हुने उनिहरुले वताएका छ ।
कार्यक्रमको अवसरमा प्रमुख अतिथि घर्तीमगरले .२०६५ सालमा दोहा कतारमा स्थापना भएको सस्थाले यस्ता खालका विभिन्न पिडितहरुलाइ विभिन्न सहयोग गर्दै अएको र यस घटनाले यस क्षेत्रमा पहिरोको जोखिम रहेको र सवै स्थानियहरु सचेत रहन आग्रह समेत गर्नु भएको छ । कार्यक्रम को अन्त्यमा कार्यक्रमका सभापति सिर कुमार रोकामगर ले उपस्थित सबैला धन्यवाद दिदै कार्यक्रम सकिएको घोषणा गर्दै समापन गरेका थिए
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend