साझा नेटवर्क
मुक्ति न्यौपाने पाल्पा, चैत्र २७।
दुई महिनादेखि ठेक्का लागेर काम सुरु गर्न नसकेको पाल्पाको गोठादीबाट जगात खैरेनी रुपन्देही जोड्ने सडक खन्ने वातावरण निर्माण गर्न नेपाली कांग्रेस पाल्पाले प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमलाई ज्ञापनपत्र बुझाएको छ ।
कांग्रेस सभापति बीरबहादुर रानाले स्थानीय बासिन्दाको गुनासोका आधारमा राष्ट्रिय प्राथमिकता प्राप्त खानी स्थल पहुाच मार्ग औद्योगिक मार्गको काममा राजनीतिक दलको आडमा धम्की दिएर काम गर्न नदिएको भन्ने गुनासाको आधारमा ज्ञापनपत्र बुझाएको हो। नेपाली कांग्रेसले निजी स्वार्थ पुर्ति गर्नलाई केही व्यक्तिले धम्की दिनु गलत भएकोसमेत जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमलाई ज्ञापनपत्र बुझाउादै उसले रुपन्देहीको सिमानाबाट पाल्पातर्फ काम गर्ने वातावरण निर्माण गर्न माग गरेको हो । प्रजिअ गौतमले राष्ट्रिय आयोजनाको काममा रोक्न नहुने र यसलाई सुचारु गर्न पहल गर्ने बताए ।पाल्पा सिमेन्टको रहवास र गोठादीको सिमाना टिमुरेभन्ज्याङ्बाट चुनढुंगा लैजान सडकको स्तरोन्नति गरिन लागेको हो।
स्थानीय केही व्यक्तिको अवरोधले बाँसटारी–झडेवा–गोठादी हुँदै रुपन्देहीको खैरेनी जोड्ने सडक निर्माणमा स्थानीय केही व्यक्तिको अवरोधले दुई महिनादेखि काम अघि बढ्न सकेको थिएन ।केही व्यक्तिले निर्माण व्यवसायीसंग पैसा मागेको र व्यवसायीले दिन नमानेपछि काम अघि बढाउन नदिएको आरोप स्थानीयले लगाउादै आएका छन् ।
स्थानीय केही व्यक्तिहरु भने निर्माण व्यवसायीलाई काम अघि बढाउन दबाव दिन जिल्ला प्रशासन र राजनीतिक दलका कार्यालयमा उजुरीकालागि तानसेन आएका थिए । उनीहरुले नेपाली कांग्रेसलाई सहयोग गरिदिन अनुरोध गरेअनुसार नै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend