logo
  • शनिबार, असोज १० २०८३

गत बर्षको तुलानामा यस बर्ष शैक्षिक गुणस्तरको सुधार भएको ठहर


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे वामी गुल्मी,चैत्र २७।
तुराङ्ग श्रोत केन्द्र गुल्मीले यस बर्ष आफ्नो कार्यक्षेत्रमा भएको नतिजाले त्यस क्षेत्रको शैक्षिक गुणस्तर सुधार भएको बताएको छ ।आज बसेको बिशेष बैठकले जिल्ला स्तरीय परिक्षाको परिक्षाफलका बिषयमा बिश्लेषण गर्दे नतिजा अनुसार शैक्षिक गुणस्तर बृद्धि भएको बताइएको हो । त्यसेगरी उक्त परिक्षामा टप टेन भित्र पर्ने बिद्यार्थीहरुलाइ सम्मान सहित पुरस्कार बितरण गरिने समेत जनाइएको छ ।

यसैबिच कक्षा ५ को ३ को श्रोत केन्द्र स्तरीय उपलब्धि मापन परिक्षाको टप टेन हुनेलाइ बिद्यार्थीहरुलाइ पनि पुरस्कार दिने निर्णय भएको छ यसैगरी शिक्षकहरुलाइ प्रोत्साहन दिइने लगायतका निर्णय हरु भएका छन ।कार्यक्रममा ज्ञानोदय माबिकाका प्रद्यानाध्यापक लक्ष्मी प्रसाद भण्डारीको अध्यक्षता रहेको थियो भने बिद्यालय निरिक्षक जीवन खनाल को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सहजीकरण श्रोत ब्यक्ति टंकनाथ भण्डारीले गर्नुभएको थियो ।कार्यक्रममा परिक्षा ब्यबस्थापन समितिका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।जिल्लास्तरीय परिक्षाको परिक्षाफल यही चैत्र ३० गते प्रकाशन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend