logo
  • शनिबार, असोज १० २०८३

सरकारी कार्यालयमा कर्मचारीको मनोमानी समय परिधिमा अनियमितता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

दिपेन्द्र श्रेष्ठ बुलन्द,अर्घाखाँची चैत्र २६।
जे देखियो त्यही लेखियो अर्घाखाँचीका ग्रामिण भेगका सरकारी कार्यालय २ नबज्दै बन्द देखियो ।तपाइँहरु सबैलाई थाहा नै होला सरकारी संघ सस्था,कार्यालयहरु कति देखि कति बजेसम्म खुल्ला रहि सेवा ग्राहिको सेवामा समर्पित रहनुपर्छ भनेर पक्कै पनि जो कोहिलाई  थाहा  छ । सरकारको नियम अनुसार सनिबार र सार्बजनिक बिदाका दिनहरु बाहेक शुक्रबार १० बजेदेखि १ बजे सम्म र अन्य दिनमा कार्यालय र सरकारको नियम अनुसार १० बजेदेखि ४ सम्म र कुनै कार्यालय १० देखि ५ बजेसम्म तोकिएकै छ तर अर्घाखाँची जिल्लाको साबिक अर्घातोष-४ मा रहेका कतिपय कार्यालयहरु प्राय जसो दिनहरुमा २ पनि नबज्दै बन्द हुन्छन भन्दा जो कोहीलाई अचम्म लाग्नु स्वभाविक नै हो त्येस्तै पाइएको छ । अर्घातोषमा रहेका कतिपय कार्यालयहरुमा कहिले सवा १० त कहिँले साडे १० बजे कार्यालय खोलिन्छ अनि प्राय दिनहरुमा २ पनि नबज्दै कार्यालय बन्द भएको देखिन्छ कहिले कसो ४.वा ५ नै बजे सम्म खुल्यो भने त्यी कार्यालयका कर्मचारीको आज घरको कामबाट फुर्सदमा रहेछन,जो कोहिले पनि यस्तो सोच्दा फरक नपर्ला कि?

अर्घाखाचीको अर्घातोष-४ मा रहेको अर्घातोष इलाका हुलाक कार्यालय चैतको २२ गते मगलबार अनि २४ गते बिहिबार दिउसो दुइ पनि नबज्दै बन्द देखिन्थ्यो । स्थानीयका अनुसार उक्त हुलाक कार्यालयमा १ जना खरिदार,१ जना हलाकरा र करार तर्फ १ जना कम्प्युटर अपरेटर (प्राबिधिक ) गरि तिन जनाको नियुक्ति रहेको सोहि हुलाक कार्यालय धेरै जसो दिनहरुमा २ पनि नबज्दै बन्द हुने गरेको पाइएको छ। समाचार सङ्कलनकै क्रममा बाटोमा भेटिएका सोहि हुलाक कार्यालयबाटै अवकाश लिइसकेका सालिकराम न्यौपाने भन्छन मंशिर ,पुष ,माघका महिनाहरु बाहेक अन्य महिनाहरुमा १० देखि ५ बजे सम्म कार्यालय खुल्ला हुनुपर्ने भएता पनि पछिल्लो समयमा २ बजे पछी सेवाग्राहीले सेवा लिन मुस्किल पर्ने गरेको उहा बताउनुहुन्छ ।

कतै पहिलेका कर्मचारीहरु बाट नै देखा सिकी भएको त होइन भन्ने प्रश्न को प्रतिउत्तरमा उनै भुतपुर्ब कर्मचारी न्यौपाने बताउनुहुन्छ “यहाका स्थानियहरुसंग बुझ्दा हुन्छ अरुले के गर्थे त्यो थाहा भएन् तर म मेरो कार्यकालमा जस्तै झरी बतास,बर्खाको समयमा पनि १० बजे देखि ५ बजेसम्म कार्यालयको आफ्नो जिम्मेबारी र डिउटी बराबर गरेको थिय “भन्छन सोहि अर्घातोष इलाका हुलाक कार्यालयमा लामो समय काम गरि अवकाश लिई बस्नु भएका भगवती ४ आलिखेत निवाशी ६२ बर्षीय सालिकराम न्यौपाने।

त्येस्तै अर्का एक जना स्थानीय गुनासो पोख्दै भन्दै थिय बाख्राको लागि उपिया मार्ने बिषादी लिन गएको पशुसेवा कार्यालय नै बन्द भैसकेछ केहि दिन पहिला पनि बन्द नै थियो |त्यसै क्रममा के रहेछ त भनेर बुझ्न जादा त्येहा पनि २ नबज्दै बन्द भैसकेको देखिन्थ्यो । दुइ जना स्थाई र एक जना करार कर्मचारीको नियुक्ति रहेको अर्घाखाँची अर्घातोष ४ मा रहेको पशु सेवा केन्द्र (ख) लगाएतका यी देखिएका उदारणीय कार्यालयहरु मात्र हुन् यसरि सरकारी कार्यलयहरु दुइ नबज्दै बन्द हुनु सेवा ग्राहि प्रत्येक्ष मर्कामा परेको पाइन्छ ।

देख्ने,सुन्ने जो कोहिको नजरमा यो राम्रो बिषय बस्तु होइन सरकारी तलब खाएपछि सरकारबाट नियुक्ति लिएपछि सरकारको नियममा बस्नै पर्छ तोकिएको पुरै समय सम्म कार्यालय खोलिनु नै पर्छ अन्नेथा फुर्सदको समयमा मात्र तोकिएको समय सम्म मात्र खोलेर टाइम पास गर्न बनाइएको थलो होइनन सरकारी कार्यालयहरु त्येसैले समयमै माथिल्लो निकायबाट जिल्लाका ग्रामिण भेगहरुमा रहेका कार्यालयहरुमा समय समयमा छड्के निगरानी गरिनुपर्ने देखिन्छ |

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend