साझा नेटवर्क
प्रकाश अर्याल काठमाडौं चैत्र २६ ।
स्कटल्याण्ड,युके। सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यको ” यो साँझ एक्लै छोडिदेउ मलाई ” बोलको गीत म्युजिक भिडियो सहित सार्बजनिक भएको छ। यो गीत आफुले निकै मन पराएको र लोकप्रिय गीत हरुको सुचिमा पर्न सक्ने सम्भावना रहेको गायक स्वरूपराज आचार्यले बताएका छन्।
गीतमा गायक स्वरूपले साँझ एक्लै छोड्न आग्रह गर्दै चरा र बादलसंग रम्न दिन आग्रह गरेका छन्। स्कटल्याण्डको मनोरम स्थानहरुमा सुटिङ्ग गरिएको म्युजिक भिडियोमा नबिन क्षेत्री र बिना राईको अभिनय रहेको छ भने संगीत संयोजन सन्जीब बराइलीको रहेको छ। म्युजिक भिडियो निर्देशन दिपेश रेग्मीको रहेको छ। सोहन घिमिरेको संगीत, शब्द र गायन रहेको एल्बम निस्कने तयारीमा रहको छ।
यस अघि सोहन घिमिरेले आफ्नै शब्द र हिमाल सागरको संगीतमा ” तीनजुरेको डाँडैमा ” बोलको लोकगीतमा स्वर दिएका छन्। उक्त गीत सांस्कृतिक कार्यक्रमहरुमा समेत नाँचको रुपमा प्रयोग हुन थालेको छ। यस्तै ूलन्डन आईमा सेल्फीू र अन्य केहि लोकपप गीत हरुमा काम भइरहेको र अन्य गीतहरु छिटै रिलिज हुने तयारीमा छन्। लोकगायक रामचन्द्र काफ्लेको संगीतमा छेक्यो नि छेक्यो निू बोलको गीतको रेकर्डिङ्ग सकिएको घिमिरेले बताएका छन्।नेपाली लोकप्रिय बाजाहरु बियानो , मुर्चुङ्गा आदिको प्रबर्धन लागेका सोहन घिमिरेले लोक भाका र नेपाली बाजाहरु नेपालीको गौरव र चिनारी भएकोले नयाँ पुस्तालाई यसको जानकारी र प्रयोगबारे कार्यहरु अघि बढाउँन लागेको बताएका छन्।म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको म्युजिक गितको पुरा
भिडियो हेर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend