logo
  • शुक्रबार, असोज ९ २०८३

रामेछापमा चुनावी माहोल तात्यो, एमालेद्धारा एक साथ दुई उम्मेद्वारको घोषणा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

निरोज कुमार थापा मन्थली, चैत्र २५।
आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि रामेछापमा उम्मेद्वार छनौटको काम सुरु भएको छ। जिल्लामा क्रियाशिल राजनीतिक दलले उम्मेद्वारी घोषणाको कामलाई तिव्रता दिएका छन।

यसक्रममा आज नेकपा एमालेले मन्थली नगरपालिकाका २ वटा वडामा उम्मेद्वारी घोषणा गरेको छ।नगरपालीकाको वडा नम्बर २ र ३ मा एमालेले उम्मेद्वार घोषणा गरेको हो ।पार्टी सचिवालय सदस्य ध्रव कार्कीको प्रमुख आतिथ्यता र मन्थली नगर कमिटी सदस्य सोनु कुमार रोकाको बिशेष आतिथ्यतामा आज भएको वडा भेलाले २ नम्बर वडामा सुरेन्द्र बहादुर कार्की र शैलेन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको वडा नम्बर ३ को बैठकले याम बहादुर थापालाई सर्वसम्मत उम्मेद्वार घोषणा गरेको हो ।

बिभिन्न सामाजिक काममा क्रियाशिल सुरेन्द्र बहादुर कार्कीले पुराना पुस्तालाई समेत खुशि पारेर सर्वसम्मत वडा अध्यक्षको टिकट प्राप्त गरेका हुन । आगामी निर्वाचनमा युवा पुस्ताले जिम्मेवारी सम्हाल्ने चर्चा चलिरहादा २७ बर्षिय कार्की वडा अध्यक्षको उम्मेद्वारमा निर्विरोध चयन भएपछि यसलाई युवाहरुले अबसर र चुनौति दुवैका रुपमा लिएका छन ।

पूर्व वडा कमिटी संयोजक समेत रहेका कार्कीले बिकास निर्माण, सडक, शिक्षा,स्वास्थ्य, लगायतका मुलभूत बिषय सहितको घोषणापत्र तयार गर्ने र कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता जनाउादै आफ्नो जित सुनिश्चत भएको दावी पनि गरेका छन । नेपाल कर्मश क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेका उनले युवा संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन ।

कार्कीले युवा संघ रामेछापमा रहादा निकै लोकप्रिय काम गरेका थिए । उनले २०७२ बैशाखको बिनाशकारी भूकम्पका बेला राहत बितरण, उद्धार लगायतका सामाजिक काममा समय खर्चिएर लोकप्रियता कमाएका थिए । यसैगरी वडा नम्बर ३ मा याम बहादुर थापाले सर्वसम्मत वडा अध्यक्षको टिकट पाएका छन । विगत देखि नै पार्टी राजनीतिमा सक्रिय थापाले गाउाको बिकास निर्माणमा आफूले उल्लेख्य योगदान गरेको भन्दै आफू बिजयी हुने दावी गरेका छन ।

उनले आफूसाग प्रतिस्पर्धा गर्न लायक मान्छे अन्य दलसाग नभएको ठोकुवा गरेका छन । ४९ बर्षिय थापाले २०६१ साल देखि १३ बर्ष साविकको कठजोर गाउा कमिटी अध्यक्ष समेत सम्हालिसक्नु भएको छ ।२०३७ सालबाट बिद्यार्थी राजनीतिबाट एमालेमा होमिएका थापा पार्टी सदस्यता लिएको ३७ बर्ष पुगिसक्दा पनि हालसम्म उत्तिकै सक्रिय रहेका छन । थापाले गत बर्षको भूकम्पका बेला पिडीतलाई राहत बितरण, उद्धार लगायतका काम सहित अन्य सामाजिक काममा पनि उत्तिकै समय खर्चिएका छन ।

उनले आफूले स्थानीय तहमा सुहाउादा र गर्न सक्ने काम मात्रै समेटेर घोषणा पत्र तयार गर्ने बताएका छन । यस अघि नै मन्थली नगरपालीका वडा नम्बर १ मा नारायणदास श्रेष्ठलाई वडा अध्यक्ष र गोगुलगङ्गा गाउापालीकाको प्रमुखमा प्रेम कार्की सेवकलाई उम्मेद्वार घोषणा गरेर माओवादी केन्द्र रामेछापमा उम्मेद्वार घोषणा गर्ने पहिलो दल बनिसकेको छ । नेपाली काङ्ग्रेसले भने हालसम्म कुनै पनि उम्मेद्वारको टुङ्गो लगाईसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend