साझा नेटवर्क
सुवास विश्वकर्मा पाल्पा,चैत्र २६ ।
तानसेनको टुडिखेलमा निर्माण गरिएको कर्णेल उजीर सिहं थापाको पुर्णकदको सालिक नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अनावरण गर्नुभएको छ सालिक अनावरण पछि बोल्दै सेना प्रमुख क्षत्रीले नेपाली सेना सारा जनताको साझा राष्ट्रिय सेना भएकाले राष्ट्र र जनहितका सधै तयार रहेको बताउनुभयो ।
नेपालको सार्वभौमसत्ता , राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता लगाएत महत्वपुर्ण राष्ट्रिय हित र स्वार्थहरुको संरक्षण, सम्बद्धन एवं प्रवद्धन गर्दे सम्पूर्ण नेपालको हितका लागी सेना समर्पित भएको उहााको भनाई छ ।जस्तो सुकै कठिन परिष्ठितिमा पनि संवेदनशिल भई सेना निस्वार्थ भावले , देश र जनता प्रति समर्पित भैरहेको भन्दै राष्ट्र हितका लागी नेपाली सेनाले गरेका काममा जनताको सकारात्मक सहयोग रहेकोमा प्रधानसेनापति क्षत्रीले खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रधानसेनापति क्षत्रीले चण्डीप्रसाद गणले प्रकाशन गरेको पाल्पा संग नेपाली सेनाको सम्बन्ध नामक पुस्तकको समेत बिमोचन गर्नुभएको छ ।। पाल्पा उधोग बाणिज्य संघ र पाल्पा स्थित चण्डीप्रसाद गणले निर्माण गरेको हो । बुटवलको जितगडीमा अंग्रेज फौज संग भएको युद्धमा अंग्रेज फौजलाई हराएर कर्णेल थापाले इतिहास रच्नुभएको थियो ।
चण्डी प्रसाद गणका गणपति कर्णेल दिर्घ बहादुर चन्दको स्वागत , पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठको धन्यवादमा भएको कार्यक्रममा ईतिहासका जानकार निर्मल श्रेष्ठले कर्णेल उजिर सिंह थापाको बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend