logo
  • शनिबार, असोज १० २०८३

एनसेलको तिनदिने मेलामा सिंजालीले पाए मोवाइल सेट


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री गुल्मी, चैत २६।
एनसेलको तिन दिने मेला गुल्मीमा सम्पन्न भएको छ । चैते दसैको अबसर पारेर गुल्मीको छत्रकोट गाउापालिकामा सम्पन्न मेलामा बम्पर उपहारमा एक जनाले मोवाइल सेट प्राप्त गरेका छन् । एनसेल मेलामा सिम खरिदमा बिभिन्न उपहार योजना राखिएको थियो । मेलामा रु १ सयमा २ वटा सिमकार्ड सिमा लिदा बिभिन्न उपहारहरु टिसट, टोपी, एनसेल डायरी, केटाकेटीका खेलौनाहरु, क्रिकेट व्याट,किरिङ्ग लगायतका उपहारहरु प्रदान गरिएको थियो । मेलामा सिमकार्ड खरिद गर्नेहरुबाट बम्पर उपहार योजना अन्र्तगत छत्रकोट गाउापालिकाका बिनय सिंजालीले एक सेट मोवाइल प्राप्त गरेका छन् ।सिमकार्ड खरिद गर्नेहरुबाट चिठ्ठाअन्र्तगत गोलाप्रर्था मार्फत सिंजालीलाई जिबी कम्पनीको मोवाइल प्राप्त गरेको एनसेल गुल्मीका अधिकृत बिक्रेता जनक पन्थले जानकारी दिए । गोप्रर्थाबाट बिजेता सिंजालीलाई गुल्मीका अधिकृत बिक्रेता जनक पन्थले हस्तातरण गरेका थिए । मेलामा ४ सय २९ जनाले एनसेलको सिमकार्ड खरिद गरेका थिए ।

चैते दसैको अबसरमा छत्रकोट गाउापालिका अन्र्तगत चोयगामा स्थानिय मन्दीर व्यावस्थापन समितिले बिबिध कार्यक्रमहरु गर्दै आएको छ । धर्मिक तथा ऐतिहासिक स्थाल चोयगामा लाग्ने मेलालाई लक्षीत गरेर एनसेलले पनि तिन दिने मेला आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend