साझा नेटवर्क
टोपलाल अर्याल गुल्मी,चैत्र २२ ।
आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना आह्वान गरेसंगै फाराम भर्नेहरुको घुाइचो लागेको छ । गुल्मी जिल्ला सहित पाल्पा, अर्घाखााची,प्युठान र बाग्लुङ्ग लगायतका स्थानबाट १९ सय ४९ जनाले दरखास्त फाराम भरेको प्रहरी निरिक्षक तुल बहादुर गुरुङले बताए ।
जसमा पुरुष १६ सय १६ र महिला तीन सय ३३ जना रहेका छन् । जिल्लामा म्यादी प्रहरीको कोटा भने आठ सय बिस रहेको छ । म्यादी प्रहरीका लागि पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक महिला पुरक्षले म्यादी प्रहरीमा आवेदन दिएको प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए ।
सोचे भन्दा बढि आवेदन आएकाले प्रहरीले बिहान देखि राति अवेर सम्म गरेर छनोट गरिरहेका उनले बताए । सोमबार सम्म दौड, सेटअप, पुसअप तथा मेडिकल सकिएकाले मंगरबार अवेर सम्म लिखित परिक्षा सम्पन्न गर्ने नेपालले बताए । हरेक म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले पाए सरहको तलव भक्ता तथा सेवा सुविधा पाउनेछन ।
प्रहरीमा छनौट गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छनौट समिति रहेको छ । म्यादी प्रहरीको सेवा अवधी ५५ दिनको हुनेछ । फोटो क्याप्सन : तम्घासमा चिदीचौरमा म्यादी प्रहरी छनौट गरिदै ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend