साझा नेटवर्क
अनिश शर्मा गैरे,गुल्मी चैत्र २०।
नेपाली काँग्रेस बडिगाढ गााउपालीका बाग्लुङ्गको पालीका कार्यालय आज ग्वालीचौरमा उद्घाटन गरिएको छ । एक बिशेष समारोहको आयोजना गरी सो कार्यालयको गाँउपालीकाको वडा नम्बर ५ मा उद्घाटन गरिएको हो ।

कार्यक्रममा नेपाली कँग्रेसका गाँउपालीका संयोजक अर्जुन प्रसाद खरेलको अध्यक्षता रहेको थियो भने नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता तथा बाग्लुङ्ग क्षेत्र नम्बर ३ का सासंद ज्ञानकुमारी छन्त्यालको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला सदस्य अमर बहादुर कार्की, हरि आचार्य, गण्डकी थापा अधिकारी, सरस्वती आचार्य, खिमानन्द पौडेल, पदम पुन, महाधिबेशन प्रतिनिधिहरु कृष्ण केसी, जित शेरचन, सागर छन्त्याल, पुर्व महाधिबेशन प्रतिनिधि अर्जुन शेरचन, पुर्व जिल्ला सदस्य हरिदत्त आचार्य, पुर्व महाधिबेशन प्रतिनिधि यामेन्द्र घर्ती तथा बिभिन्न वडाहरुका पार्टी सभापति, पार्टी प्रतिनिधि तथा काँग्रेस आबद्ध ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला सभापति थापाले असल नेता छान्ने अधिकार जनताको भएको बताउनुभएको छ । उहाँँले नेताहरुले काम गर्दा जनता प्रति उत्तरदायि भएर गर्नुपर्ने भन्दै आगमी स्थानीय तहको निवाृचनमा काँग्रेसलाइ बिजयी गराउन आग्ह गर्नुभयो । उहाँँले काँग्रेसले धेरै आन्दोलनद्धारा सफलताहरु संस्थागत गरेको भन्दै देशलाइ समृद्ध बनाउने सपना रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै बिशेष अतिथि बाग्लुङ्ग क्षेत्र नम्बमर २ का सांसद छन्त्यालले हातका सबै औला मिले मात्र सफलता हात पार्न सकिने भएको हुनाले यो चुनाव जित्नको लागि एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महाधिबेशन प्रतिनिधि द्धोय अमर बहादुर कार्की, कृष्ण केसी, दलित संघ जिल्ला अध्यक्ष प्रेमलाल रसाइली, पुर्व महाधिबेशन प्रतिनिधि यामेन्द्र कुमार घर्ती, जिल्ला सदस्यहरु प्रेम पुन, गण्डकी थापा, सरस्वती आचार्य, बडिगाढ गाँउपालीका वडा नम्बर ९ र १० का सभापति भरत केसी लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा अन्य पार्टी परित्याग गरी सरिता आचार्य, सन्दिप सावत, लक्ष्मी सावत, बिष्णु सावत काँग्रेसमा प्रवेश गर्नुभएको थियो । गाँउपालीका वडा नम्बर ४ का सभापती तेजेन्द्र श्रीसको स्वागत रहेको कार्यक्रमको सञ्चालन पालीका सहसंयोजक कृष्ण गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रम पश्चात बसेको एक बैठकले वडा नम्बर ९का सदस्य दिपक तङनामीका पिता वोम बहादुर तङनामीको निधन भएको प्रति दुख ब्यक्त गर्दे शोक प्रस्ताव समेत पारीत गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend