साझा नेटवर्क
अनिश शर्मा गैरे,गुल्मी चैत्र २० ।
गाँउ जाऔँ, तरुण जगाऔँ भन्ने मुल नारा सहित गुल्मीको धुर्काेट गाँउपालीका २ पीपलधारामा एक बिशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले ५१ सदस्यीय तरुण परिचालन समितिको गठन गरेको छ ।
जसको अध्यक्षमा बिष्णु थापा रहनुभएको छ । कार्यक्रममा तरुण दल साविकको गाबिस पीपलधाराका उपाध्यक्ष भुवन खत्रीको अध्यक्षता रहेको थियो भने नेपाली कँग्रेसका महासमिति सदस्य महेन्द्र प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महासमिति सदस्य महेन्द्र भण्डारी, नेबिसंघ केन्द्रिय सदस्य सुदर्शन खनाल, नेपाली काँग्रेस जिल्ला सदस्य नविन जिसी, साविकको गाबिस सभापति हरि बहादुर थापा, नेबिसंघ जिल्ला उपसभापति राम प्रसाद पन्थी, पुर्व सभापति तेज बहादुर गौतम लगायतले बोल्नुभएको थियो । कार्यक्रममा तरुण दल उपाध्यक्ष हरि थापाको स्वागत रहेको थियो भने सञ्चालन तरुण दल क्षत्रीय सदस्य बिष्णु थापाले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend