logo
  • शनिबार, असोज १० २०८३

राज्यले ब्यबस्था गरेका अधिकारहरु अपाँग ब्यक्तिहरुले पाउन सकेनन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे,गुल्मी चैत्र २० ।
नेपाल अपाँग एकता समाज गुल्मीले आज वामीमा एक कार्यक्रमको बिच मुसीकोट नगरपालीका वडा नम्बर ७ मा अपाँगहरुको क्षमता अभिबृद्धि गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रममा समाजका अध्यक्ष धन बहादुर खड्काको अध्यक्षता रहेको थियो भने मुसीकोट नगरपालीका वडा नम्बर ७ र ८ का सचिब सुर्य बहादुर सामैको प्रमुख आतिथ्यता रहेको थियो । त्यसेगरी नेपाली काँग्रेस नगर संयोजक सुदर्शन शाक्य, नेकपा एमाले क्षेत्रीय समिति उपसचिब प्रकाश काफ्ले, नेकपा एमालेका कृष्ण प्रसाद काफ्ले, जनमोर्चाका मोहनलाल श्रेष्ठ, कृषि सम्पर्क केन्द्र वामीका प्रमुख बिरेन्द्र रावत, लोकतान्त्रिक अपाँग संघ जिल्ला अध्यक्ष कौरब खत्री लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपस्थ्ति सम्पुर्ण राजनीतिक दलका प्रतिनिधि हरु तथा मुसीकोट १ बाट ममता घिमिरे र चुरामणी घिमिरेले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा बिशेष अतिथि लोकतान्त्रिक अपाँग संघका जिल्ला अध्यक्ष कौरब खत्रीले स्वागत मन्तब्य राख्नुभएको थियो भने अपँग एकता समाजका जिल्ला सचिब भिमप्रसाद पोखरेलको सञ्चालन रहेको थियो ।

कार्यक्रममा मुसीकोट नगरपालीकाका अपाँग भएका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । उपस्थित सबैलाइ सहयोग स्वरुप सामान्य यातायात खर्च तथा चिया नास्ताको ब्यबस्था गरिएको थियो ।नेपाल अपाँग संघका जिल्ला सचिब भिमप्रसाद पोखरेलले नेपालको कानुनमा अपाागहरुलाइ बिशेष ब्यबस्था गरिएको भएतापनि त्यो कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend